२८ वटा भन्सार नाकामध्ये वीरगञ्जबाट मात्रै ३४ प्रतिशत आयात, १० वटा भन्सारबाट शुन्य निर्यात « Khabarhub

२८ वटा भन्सार नाकामध्ये वीरगञ्जबाट मात्रै ३४ प्रतिशत आयात, १० वटा भन्सारबाट शुन्य निर्यात


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको वैदेशिक व्यापारको लागि २८ वटा भन्सार नाका सञ्चालनमा रहेका छन् । ती मध्ये चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा आयात भएको कुल वस्तुमध्ये वीरगञ्ज नाकाबाट मात्रै ३४ .३३ प्रतिशत आयात र ३६.२७ प्रतिशत निर्यात भएको छ ।

२८ वटा भन्सार नाकामध्ये १८ वटा नाकाबाट वस्तुको आयात निर्यात भएपनि १० वटा नाकाबाट भने वैदेशिक व्यापार एक प्रतिशत भन्दा न्यून भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा सञ्चालनमा भएका नाकामध्ये दोस्रो धेरै आयात भैरहवा नाकाबाट १४.६८ प्रतिशत र दोस्रो धेरै निर्यात बिराटनगर नाकाबाट २९.९८ प्रतिशत भएको हो ।

त्यस्तै, कुल वस्तु आयातमा विराटनगर नाकाबाट ११.५१, सुख्खा बन्दरगाहबाट १२.६१, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८.१४, रसुवाबाट ४.६५, तातापानीबाट २.७३, मेचीबाट २.६४, कृष्णनगरबाट १.४० र कैलालीबाट १.३५ प्रतिशत आयात भएको विभागले जनाएको छ । सञ्चालनमा रहेका अन्य भन्सार नाकाबाट भने एक प्रतिशत तल आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३.४१, मेचीबाट ९.८५, भैरहवाबाट ७.५५, सुख्खा बन्दरगाहबाट १.९४, जलेश्वरबाट १.१९ र नेपालगञ्जबाट १.१९ प्रतिशत वस्तु निर्यात भएको छ । तर, अन्य पाँचवटा नाकाबाट एक प्रतिशत भन्दा कम निर्यात भएको छ भने १० वटा नाकाबाट भने निर्यात शुन्य भएको छ ।

चोभार, गौतमबुद्ध, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, तातोपानी, ठाडी र त्रिवेणी नाकाबाट शुन्य निर्यातको अवस्था रहेको विभागको तथ्यांकले देखाएको हो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : २२ बजे

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको