अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित « Khabarhub

अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को स्कटल्याण्ड सिरिज अघिको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ ।

बिहीबार भएको अभ्यासमा नेपालले ग्लोसेस्टरशायरविरुद्ध ७३ रनको सानदार जित हात पारेको हो । यसअघि नेपालले न्युपोर्ट क्रिकेट क्लब र मेरिलेबोन क्रिकेट क्लबलाई पनि सहजै पराजित गरेको थियो ।

आजको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए।

यस्तै कप्तान रोहितकुमार पौडेल ३५ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ३२ रन , अनिलकुमार साहले २९ रन र आरिफ शेखले अविजित २२ रन बनाए। ग्लोसेस्टरशायरका डेभिड पेन र अमन राओले समान दुई विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको ग्लोसेस्टरशायर १७.३ ओभरमा १२१ रनमा अल आउट भयो । नेपालका लागि सन्दीप लामिछाने, नन्दन यादव र बसिर अहमदले दुई दुई विकेट लिए ।

अब नेपालले आगामी जुन २ देखि स्कटल्याण्डमा विश्वकप लिग २ अन्तरगतको सिरिज खेल्ने छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ९ : १२ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,