आज २०८२ साल असार ८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल असार ८ गते आइतबारको राशिफल


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जुन २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्ने छ। मन प्रशंन्न हुनेछ। स्वास्थ्यले साथ दिनेछ। साथीभाइको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्ने छ।

वृष : दिन राम्रो छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। परिवार भित्र भने विवाद बढ्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ।

मिथुन : आम्दानीका दृष्टिले दिन राम्रो छ। आयस्रोत बढ्ने छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। साथीभाइको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ।

कर्कट : दिन सामान्य छ। तपाईंकै बोलीका कारण आफन्त टाढा पुग्ने जोखिम छ। सम्पत्तिका पछाडि लाग्दा आफन्त टाढिने छन्। इज्जतमा प्रश्न उठ्ने जोखिम छ। हरेक काममा सचेत बन्नुपर्ने दिन छ।

सिंह : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ। ठुलालाई आदर र सानालाई माया गर्नुपर्ने दिन छ। दाम्पत्य जीवनमा खटपटी हुने जोखिम रहेकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ।

कन्या : दिन सामान्य छ। कामको बोझ थपिने छ। तपाईंले गरेको कामको जस भने साथीले लिने जोखिम छ। परिवारमा सल्लाह नगरी अगाडि बढ्दा खटपटी बढ्ने छ। दाम्पत्य र प्रेम जीवन भने सुखमय बन्ने योग छ।

तुला : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। परिवारको तर्फबाट सन्तुष्टि मिल्नेछ। आज गरेको लगानी दीर्घकालसम्म टिक्ने योग छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृश्चिक : दैनिक कामलाई मात्र प्राथमिकता दिनु उचित हुन्छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा अभिभावको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग भेटघाट बढ्ने योग छ।

मकर : दिन सामान्य छ। साथीभाइबाटै विरोधका आवाज सुन्नुपर्ने छ। व्यापारमा घाटा हुने जोखिम छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। दोहोरो चरित्रका साथीसँग जोगिएर काम गर्नुहोला।

कुम्भ : दिन सामान्य छ। बौद्धिक व्यक्तिसँग भएको भेटले नयाँ योजना बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको काममा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मीन : सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुन्छ। मध्य साढेसातीका कारण बोलीमा गढबढी आउने छ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने छ। शिक्षामा गरेको मिहिनेत सफल बन्ने छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : ०७ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते