इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी « Khabarhub

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको मिश्रित प्रतिक्रिया आएको छ।

डेमोक्र्याट पार्टीका विधायक रो खन्नाले संसदबाट पास नगराई युद्धको घोषणा गर्ने अधिकार नभएको बताएका छन्।

अमेरिकालाई मध्यपूर्वमा अर्को अन्त्यहीन युद्धमा फस्नबाट बचाउनका लागि संसदमा मतदान आवश्यक रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

यसैगरी, केन्टुकीमा रिपब्लिकबाट प्रतिनिधित्व गर्ने थोमस मासले यसलाई अवैधानिक बताएका छन्।

क्यालिफोर्नियाका डेमोक्र्याट विधायक सारा ज्याकोब्सले यसलाई अवैधानिक भन्दै अमेरिकालाई अन्त्यहीन युद्धमा प्रवेश गर्नबाट रोक्नु पर्ने बताएका छन्।

मेरी ल्यान्डका विधायक एन्डी हेरिसले भने यसको समर्थन गरेका छन्। उनले यसलाई आक्रमणमार्फत शान्तिको बाटोको रूपमा व्याख्या गरेका छन्। नेब्रास्काका डन बाकोनले राष्ट्रपति ट्रम्पले अमिरकालाई इरानबाट बचाउन चालेको आवश्यक कदम भनेका छन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ५७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६