इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी « Khabarhub

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको मिश्रित प्रतिक्रिया आएको छ।

डेमोक्र्याट पार्टीका विधायक रो खन्नाले संसदबाट पास नगराई युद्धको घोषणा गर्ने अधिकार नभएको बताएका छन्।

अमेरिकालाई मध्यपूर्वमा अर्को अन्त्यहीन युद्धमा फस्नबाट बचाउनका लागि संसदमा मतदान आवश्यक रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

यसैगरी, केन्टुकीमा रिपब्लिकबाट प्रतिनिधित्व गर्ने थोमस मासले यसलाई अवैधानिक बताएका छन्।

क्यालिफोर्नियाका डेमोक्र्याट विधायक सारा ज्याकोब्सले यसलाई अवैधानिक भन्दै अमेरिकालाई अन्त्यहीन युद्धमा प्रवेश गर्नबाट रोक्नु पर्ने बताएका छन्।

मेरी ल्यान्डका विधायक एन्डी हेरिसले भने यसको समर्थन गरेका छन्। उनले यसलाई आक्रमणमार्फत शान्तिको बाटोको रूपमा व्याख्या गरेका छन्। नेब्रास्काका डन बाकोनले राष्ट्रपति ट्रम्पले अमिरकालाई इरानबाट बचाउन चालेको आवश्यक कदम भनेका छन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ५७ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त