वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात « Khabarhub

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात हुँदा एक अर्ब छ करोडले घटेको छ । उक्त अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि यसबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोड रुपैयाँले बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।

चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ ।

जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ ।

गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने नौ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ ।

डिजेल आयातबापत कार्यालयले ४१ अर्ब तीन करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा ३६ अर्ब चार करोड सङ्कलन गरेको थियो ।

त्यसैगरी, चालु आवको ११ महिनामा ३५ अर्ब ३४ करोडको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ ।

जबकी गत आवको ११ महिनामा ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ । पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड सङ्कलन गरेको थियो ।

यो नाका हुँदै चालु आवको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार बराबरको एलपिजी ग्यास आयात भएको छ । ग्यास आयातबापत छ अर्ब २४ करोड राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट पाँच अर्ब १६ करोड सङ्कलन गरेको छ ।

वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा १५ अर्ब तीन करोड मूल्यको एक लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ । गत आवको ११ महिनामा भने १७ अर्ब ११ करोड मूल्यको एक लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको छ ।

एटिएफ आयातबापत दुई अर्ब ३५ करोड सङ्कलन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा दुई अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको थियो ।

यो नाका हुँदै चालु आवको ११ महिनामा ५९ करोड मूल्य पर्ने ६ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा ६३ करोड मूल्यको ६ हजार १२० किलोलिटर मट्टितेल आयात भएको थियो ।

मट्टितेल आयातबाट १६ करोड राजस्व सङ्कलन भयो भने गत आवको सोही अवधिमा १६ करोड नै राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : ३८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर