सानो गौचरनलाई व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै (तस्बिरहरू) « Khabarhub

सानो गौचरनलाई व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै (तस्बिरहरू)


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका– ५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल मैदान व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै छ ।

करिब २५ हजार दर्शक अट्ने क्षमताको आधुनिक खेल मैदान निर्माणका लागि अहिले धमाधम काम भइरहेको छ ।

करिब १८ रोपनी क्षेत्रफलमा बन्न लागेको खेल मैदान २०८१ मंसिर १३ गते काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शिलान्यास गरेकी थिइन् ।

१८ करोड ८७ लाख रुपैयाँ लागतमा शुभ निर्माण सेवाले निर्माण कार्य गरिरहेको छ । मैदानमा कृत्रिम घाँस, पक्की बार, टिम चेन्जिङ रुम, उपचार कक्ष, शौचालय, पार्किङजस्ता सुविधा समेटिने छन् ।

हालसम्म करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । मैदानको लम्बाइ ९६ मिटर र चौडाइ ६२ मिटर हुनेछ । २८ वटा चारपाङ्ग्रे र १७८ वटा दुईपाङ्ग्रे सवारीको लागि पार्किङ स्थान बनाइने छ ।

बेसमेन्टमा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय रहने छन् भने ग्राउण्ड फ्लोरमा चेन्जिङ रुम, फिजियो र फर्स्ट एड कक्ष, खेलाडीका लागि छुट्टाछुट्टै तयारी कोठा निर्माण भइरहेका छन् । साथै नजिकैको ५ रोपनी जमिनमा बास्केटबल, टेबल टेनिस, फुटसल र ब्याडमिन्टन कोर्टसमेत निर्माणको योजना रहेको छ । निर्माण कार्य २०८२ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : ५४ बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्