रास्वपाको विरोध सुनेनन् सभामुखले, अघि बढाए प्रतिनिधि सभामा बजेटमाथिको छलफल « Khabarhub

रास्वपाको विरोध सुनेनन् सभामुखले, अघि बढाए प्रतिनिधि सभामा बजेटमाथिको छलफल


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आइतबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् ।

तर उनीहरूको अवरोध, विरोध र वेल घेराउलाई सभामुख देवराज घिमिरेले नजरअन्दा गरेर बैठकलाई अघि बढाइरहेका छन् ।

भिजिट भिसा प्रकरणलाई जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपा निरन्तर आन्दोलित छ ।

रास्वपाले यस प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा आउनुपर्ने माग गरेको छ। उसले यस प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन आयोग बनाउनुपर्ने पनि माग गरेको छ ।

तर, नेपाली कांग्रेस र नेकपा एमाले लेखकलाई जोगाउने बाटोमा लागेका छन् । उता प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पनि लेखकलाई जोगाउँदै राजीनामाबाट पछि हटेर संसद्को विरोधबाट पछि हटिसकेको छ ।

सभामुख घिमिरेले प्रतिनिधिसभाको कारवाही अघि बढाउनेबित्तिकै रास्वपाका सांसदहरूले आइतबार पनि वेल घेराउमा उत्रिए। त्यसअघि रास्वपाबाट सांसद अशिम शाह र राप्रपाबाट धवलशमशेर जबराले बोले । राप्रपा र रास्वपाले विरोध गरे पनि सभामुखले पेलेर आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढाइरहेका छन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : १६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि