कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी « Khabarhub

कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एण्डे पे‘लिउ र तिर’ प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमीहरू सामाजिक सञ्जालमा आएका छन् ।

ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई मेन्सन गरेर पीपीएमा टेक एण्ड पे प्रावधान फिर्ता लिन आग्रह गरेका छन् ।

यस अघि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलालाई भेटेर ज्ञापन पत्र बुझाएका प्रवर्द्धकहरुले शनिबार प्रधानमन्त्री ओलीसहित, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दिपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकै पटक सयौँ एसएमएस गरेर टेक एण्ड पे प्रावधान फिर्ता लिन आग्रह गरिसकेका छन् ।

आन्दोलनको तेस्रो दिन ऊर्जा उद्यमीले सामाजिक सञ्जालमा आएर ‘ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने, लगानीकर्तालाई डुबाउने र देशको अर्थतन्त्र सिद्ध्याउने टेक एण्ड पे पीपीए खारेज गर’ भन्दै उक्त प्रावधानको विरोध गरिरहेका छन् ।

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) टेक एण्ड पे प्रावधान अनुसार मात्र गरिने उल्लेख गरेदेखि नै ऊर्जा उद्यमीहरूले त्यसको कडा शब्दमा विरोध गर्दै आइरहेकोमा यही असार ६ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष एवं इप्पान आन्दोलन समितिका संयोजक मोहनकुमार डाँगीले टेक एण्ड पे फिर्ता लिन सरकारलाई दबाब दिन आन्दोलनको तेस्रो दिन सामाजिक सञ्जालमा सन्देश लेखिएको बताए ।

सामाजिक सञ्जालमा आउँदा पनि सरकारले मागको सुनुवाइ गरेन भने यसपछि सदनमा जनप्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूलाई झकझक्याउने र त्यति गर्दा पनि माग पूरा नभएमा दोस्रो चरणमा सडक आन्दोलनमा जाने र तेस्रो चरणमा निजी क्षेत्रले बनाएका जलविद्युत आयोजनाको चाबी सरकारलाई बुझाउने आन्दोलन समितिका संयोजक डाँगीले बताए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १ : ०० बजे

नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड ऋण स्वीकृत

काठमाडौं– नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले थप

सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल 

काठमाडौं– सरकारी अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका तथा बिग्रिएका स्वास्थ्य उपकरणहरूको

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

धनुषा– दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ

बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

काठमाडौं– आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको

स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ९ वटा सरकारी