प्रकाशमानलाई प्रभु साहको व्यंग्य- गणेशमानको बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ « Khabarhub

प्रकाशमानलाई प्रभु साहको व्यंग्य- गणेशमानको बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रमु साहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बजेट कनिकासरी छरेको भन्दै व्यंग्य गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा उनले सिंहमाथि कटाक्ष गरेका हुन् ।

‘हामीले कसरी जनतालाई आश्ववस्त गर्ने यो सरकारले समृद्धि ल्याउँछ भनेर ? यो सरकारले अहिले स्वीकार्नुपर्छ, उहाँहरूले गरेको प्रतिबद्धता पूरा हुँदैन’, उनले भने, ‘सहरी विकास मन्त्रालयको बारे त बोलिसक्नु छैन । भोजपुरीमा एउटा उखान छ नि, ‘ना मुछ कान बुच’, अहिले त्यस्तै भएको छ यो मन्त्रालयमा ।’

उनले प्रकाशनमानलाई गठबन्धन सरकारको प्रमुख व्यक्तित्व भन्दै कटाक्ष गरेका छन् । ‘उहाँ गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ । तर उहाँको बजेट हेर्दा हात्ती आयो, हात्ती आयो फुस्स ! जस्तो भएको छ’, उनले भने, ‘उहाँले आफ्नै स्वर्गीय पिता (गणेशमान सिंह)को अपमान गरिरहनु भएको छ । उहाँले गणेशमानलाई बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ ।’

उनले आफू पनि सहरी विकास मन्त्री भएको बताउँदै अहिले जस्तो बदमासी कहिले नभएको उल्लेख गरे । ‘म पनि सहकरी विकासमन्त्री थिएँ । ३९ अर्बको बजेट हुँदा ७२ अर्बको ठेक्क लाएको थिएँ’, उनले भने, ‘अहिले २ लाख र एक लाखको योजना खिएको छ । खुद्रे योजनाले विकास हुँदैन ।’

उनले अहिले आजजनता निराश रहेका बताउँदै प्रकाशमान जस्तो राजनीतिक व्यक्ति यसरी बिग्रिएलान् भन्ने आफूलाई नलागेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ४८ बजे

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका