प्रकाशमानलाई प्रभु साहको व्यंग्य- गणेशमानको बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ « Khabarhub

प्रकाशमानलाई प्रभु साहको व्यंग्य- गणेशमानको बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रमु साहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बजेट कनिकासरी छरेको भन्दै व्यंग्य गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा उनले सिंहमाथि कटाक्ष गरेका हुन् ।

‘हामीले कसरी जनतालाई आश्ववस्त गर्ने यो सरकारले समृद्धि ल्याउँछ भनेर ? यो सरकारले अहिले स्वीकार्नुपर्छ, उहाँहरूले गरेको प्रतिबद्धता पूरा हुँदैन’, उनले भने, ‘सहरी विकास मन्त्रालयको बारे त बोलिसक्नु छैन । भोजपुरीमा एउटा उखान छ नि, ‘ना मुछ कान बुच’, अहिले त्यस्तै भएको छ यो मन्त्रालयमा ।’

उनले प्रकाशनमानलाई गठबन्धन सरकारको प्रमुख व्यक्तित्व भन्दै कटाक्ष गरेका छन् । ‘उहाँ गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ । तर उहाँको बजेट हेर्दा हात्ती आयो, हात्ती आयो फुस्स ! जस्तो भएको छ’, उनले भने, ‘उहाँले आफ्नै स्वर्गीय पिता (गणेशमान सिंह)को अपमान गरिरहनु भएको छ । उहाँले गणेशमानलाई बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ ।’

उनले आफू पनि सहरी विकास मन्त्री भएको बताउँदै अहिले जस्तो बदमासी कहिले नभएको उल्लेख गरे । ‘म पनि सहकरी विकासमन्त्री थिएँ । ३९ अर्बको बजेट हुँदा ७२ अर्बको ठेक्क लाएको थिएँ’, उनले भने, ‘अहिले २ लाख र एक लाखको योजना खिएको छ । खुद्रे योजनाले विकास हुँदैन ।’

उनले अहिले आजजनता निराश रहेका बताउँदै प्रकाशमान जस्तो राजनीतिक व्यक्ति यसरी बिग्रिएलान् भन्ने आफूलाई नलागेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ४८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर