‘ओ एण्ड एम’ सर्वेक्षणमा अस्पताल व्यवस्थापकलाई नराखेको विरोधमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

‘ओ एण्ड एम’ सर्वेक्षणमा अस्पताल व्यवस्थापकलाई नराखेको विरोधमा प्रदर्शन (तस्बिरहरू)


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले २० वर्षपछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेको भन्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर सुनिश्चित गर्न अत्यावश्यक मानिएको यो पदलाई नसमेट्नु नेपालको संविधानमा मौलिक हकका रूपमा सुनिश्चित गरिएको गुणस्तरीय स्वास्थ्य सेवाको लक्ष्य विपरीत रहेको संघको भनाइ छ । सहभागीहरू आफ्ना नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर बिजुली बजारबाट मार्चपास गर्दै माइतीघर पुगेका थिए ।

अहिले नेपालमा १५ वटा विश्वविद्यालय स्तरीय शैक्षिक संस्थाबाट वार्षिक ६५० जना हाराहारीमा स्नातक तथा स्नातकोत्तर तहमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन् । 

सन् २००० देखि नै नेपालमा अस्पताल व्यवस्थापन शिक्षाको औपचारिक सुरुवात भइसकेको र हालसम्म स्वदेश तथा विदेशबाट करिब ४००० जना दक्ष जनशक्ति उत्पादन भइसकेको संघको दाबी छ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १ : १५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को