‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु « Khabarhub

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम सत्य’को अहिले प्रि-पोडक्सनको जारी छ ।

समय निकाल्न सकेका कलाकारहरु अहिले वर्कसपमा छन् । कलाकार चयनको काम पनि भइरहेको छ ।

निर्माण पक्षले आइतबार कलाकार सुनील थापा पनि अनुबन्ध भएको जानकारी दिएको छ ।

निर्देशक चन्दले सुनीललाई यो पटक फरक गेटअपमा उतार्ने तयारीमा हरेका छन् ।

उनले भने, ‘सुनील थापालाई दर्शकले अहिलेसम्म नदेखेको अवतारमा उतार्ने तयारीमा छु । यो दर्शकलाई सरप्राइज बन्न सक्छ ।’

यस फिल्ममा नायक विराजहरु भट्ट, सुशील श्रेष्ठ, नायिकाहरु दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् ।

सुनीलको प्रवेशसँगै शीर्ष कलाकार चयनको काम सकिएको निर्देशक चन्दले बताए ।

साउनको अन्मितबाट छायाङ्कनमा निस्कने तयारीमा निर्देशक चन्द रहेका छन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ३७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको