०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले मनाए १०० दिने सफतला « Khabarhub

०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले मनाए १०० दिने सफतला


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं २०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले प्रदर्शनको एक सय दिन पूरा गरेका छन् ।

फिल्महरु ‘पूर्णबहादुरको सारङ्गी’, ‘लाज शरणम्’ र ‘अञ्जिाला’ले प्रदर्शनको एक सय दिन पार गरेका हुन् । गत वर्ष प्रदर्शनमा आए पनि ०८२ मा दुई फिल्मले यो बिन्दू पार गरेका हुन् ।

फागुन २९ बाट प्रदर्शनमा आएको ‘अञ्जिला’ले गत शुक्रबार मात्रै प्रदर्शनको सय दिन टेकेको थियो । अहिले पनि दैनिक दुई–तीन शोका साथ यो फिल्म चलिरहेको छ ।

गत कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले ४६ करोडभन्दा ग्रस कलेक्सन गरी उक्त सफलता पार गरेको हो ।

त्यस्तै, फागुनबाटै प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ अहिले हलबाट उत्रिसकेको छ । यो फिल्मले जेठ अन्तिममा प्रदर्शनको सय दिन पार गरेको थियो ।

यी तीन मध्ये १०० दिन पार गर्ने र सबैभन्दा कमजोर व्यापार गर्ने फिल्म ‘लाज शरणम्’ हो ।

चलचित्र विकास बोर्डको बक्स अफिस स्रोतका अनुसार अञ्जिलाले १२ करोडभन्दा माथि व्यापार गरेको छ ।

‘लाज शरणम्’को व्यापार भने ७ करोडभन्दा पनि निकै रकम रहेको स्रोतको दाबी छ ।

अर्थात्, औषत व्यापार गरेको यो फिल्मले प्रदर्शनको १०० दिन पूरा गरेको हो । यसलाई अपवाद मान्न सकिन्छ ।

१०० दिन पार गर्नुलाई सफलताका रुपमा लिइन्छ । तर, व्यापारिकरुपमा फ्लप फिल्मलाई सफलताको बिन्दू पार गर्नुलाई कसरी ग्रहण गर्ने होला ?

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : ५५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण