इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ?  « Khabarhub

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

तेहारन– इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन्।

अमेरिकासँग इरानबीचको आणविक वार्तामा मध्यस्थता गरेका ओमानले यसबारेमा प्रतिक्रिया दिएको छ । ‘यो अवैध आक्रमणकोको निन्दा गर्छौँ’, ओमानले भनेको छ, ‘तत्कालै व्यापकस्तरमा तनाव न्यूनीकरण गर्नु आवश्यक छ ।’

ओमानको सरकारी समाचार संस्था ओमान न्युज एजेन्सीले विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, ‘यो आक्रमणलाई लिएर ओमान सरकार गम्भीर चिन्तित छ। अमेरिकी कदमले द्वन्द्वलाई झनै चर्काउने खतरा पैदा भएको छ । यो कार्य अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको खुला उल्लंघन हो।’

उता कतारले अमेरिकी आक्रमणपछि उत्पन्न खतरनाक तनावले क्षेत्रीय र अन्तर्राष्ट्रिय दुवै तहमा विनाशकारी परिणाम ल्याउने चेतावनी दिएको छ। 

कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वर्तमान अवस्थाको झनै बिग्रँदो स्थितिप्रति खेद व्यक्त गरिएको छ। सबै सैन्य कारबाही तुरुन्त रोक्न, संवाद र कूटनीतिक माध्यममा फर्कन पनि कतारले जोड दिएको छ।

इराकले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएको विषयमा गहिरो चिन्ता जनाउँदै निन्दा गरेको छ। यस्तो सैन्य कारबाहीले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी कतारले दिएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : १६ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको