मौनता तोड्दै मोदीले गरे इरानी राष्ट्रपतिसँग फोन वार्ता « Khabarhub

मौनता तोड्दै मोदीले गरे इरानी राष्ट्रपतिसँग फोन वार्ता


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– अमेरिकी आक्रमण भएको केही घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पजेशकियानसँग कुराकानी गरेका छन् । 

यस कुराकानीबारे प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मार्फत जानकारी दिएका हुन् ।

‘मैले इरानका राष्ट्रपतिसँग कुरा गरेँ। हामीले वर्तमान अवस्थामाथि विस्तारमा छलफल गर्‍यौँ ।बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्‍यौँ’, उनले भने, ‘मैले तनाव कम गर्न, संवाद र कूटनीतिलाई प्राथमिकता दिन अपिल गरेँ । यस क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्व यथाशीघ्र पुनः स्थापना गर्नुको आवश्यकता औँल्याएँ ।’

इजरायलले इरानमा आक्रमण गरेको साता बितिसक्दा पनि अहिलेसम्म भारतले आफ्नो अडान सार्वजनिक गरेको छैन । इरानसँग ठूलो व्यापार भए पनि भारतले साँधेको मौनता तोड्दै इरानी राष्ट्रपतिलाई फोन गरेका हुन् ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : १० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७