मौनता तोड्दै मोदीले गरे इरानी राष्ट्रपतिसँग फोन वार्ता « Khabarhub

मौनता तोड्दै मोदीले गरे इरानी राष्ट्रपतिसँग फोन वार्ता


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– अमेरिकी आक्रमण भएको केही घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पजेशकियानसँग कुराकानी गरेका छन् । 

यस कुराकानीबारे प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मार्फत जानकारी दिएका हुन् ।

‘मैले इरानका राष्ट्रपतिसँग कुरा गरेँ। हामीले वर्तमान अवस्थामाथि विस्तारमा छलफल गर्‍यौँ ।बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्‍यौँ’, उनले भने, ‘मैले तनाव कम गर्न, संवाद र कूटनीतिलाई प्राथमिकता दिन अपिल गरेँ । यस क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्व यथाशीघ्र पुनः स्थापना गर्नुको आवश्यकता औँल्याएँ ।’

इजरायलले इरानमा आक्रमण गरेको साता बितिसक्दा पनि अहिलेसम्म भारतले आफ्नो अडान सार्वजनिक गरेको छैन । इरानसँग ठूलो व्यापार भए पनि भारतले साँधेको मौनता तोड्दै इरानी राष्ट्रपतिलाई फोन गरेका हुन् ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : १० बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स