इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता « Khabarhub

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा सतर्कता बढाइएको छ ।

आक्रमणको केही समयमै, न्युयोर्क र वासिङ्टन डीसीसहित अमेरिकाभरिका प्रमुख शहरहरूमा सुरक्षा सतर्कता बढाइएको हो।

न्युयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले इरानको स्थितिलाई नजिकबाट अनुगमन गरिरहेको बताएका छन्।

त्यसैगरी, वासिङ्टन डीसीको महानगरीय प्रहरीले पनि अवस्थामाथि नजिकबाट नजर राखिरहेको जनाएको छ ।

विभिन्न सुरक्षा एजेन्सीहरूसँग समन्वय गरी सुरक्षासँग सम्बन्धित जानकारीहरू आदानप्रदान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले हालको अवस्थामा शहरमाथि कुनै प्रत्यक्ष खतरा नदेखिएको जनाएको छ । तर सतर्कतास्वरूप धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : १८ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ