इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ « Khabarhub

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– इरानका तीन वटा परमाणु स्थलमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा सतर्कता बढाइएको छ ।

आक्रमणको  केही समयमै, न्युयोर्क र वासिङ्टन डीसीसहित अमेरिकाभरिका प्रमुख शहरहरूमा सुरक्षा सतर्कता बढाइएको हो। 

न्युयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले इरानको स्थितिलाई नजिकबाट अनुगमन गरिरहेको बताएका छन्।

त्यसैगरी, वासिङ्टन डीसीको महानगरीय प्रहरीले पनि अवस्थामाथि नजिकबाट नजर राखिरहेको जनाएको छ ।

विभिन्न सुरक्षा एजेन्सीहरूसँग समन्वय गरी सुरक्षासँग सम्बन्धित जानकारीहरू आदानप्रदान गरिरहेको जानकारी दिएको छ। 

प्रहरीले हालको अवस्थामा शहरमाथि कुनै प्रत्यक्ष खतरा नदेखिएको जनाएको छ । तर सतर्कतास्वरूप धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : १८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना