जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’ « Khabarhub

जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड फिल्म ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ५’ नेपालमा चौथो सातामा प्रदर्शनरत छ ।

हाल नेपालभर दैनिक ६०–७० शोका साथ यो फिल्म प्रदर्शनरत छ । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको सुरुवाती तीन साताको ग्रस कलेक्सन ४ करोड ७० लाख छ ।

जेठमा प्रदर्शनमा आएका हिन्दी, अंग्रेजी र नेपाली भाषाका अन्य फिल्मले यति ग्रस कलेक्सन गर्न नसकेको बोर्डको तथ्यांकले देखाउँछ ।

जेठमा प्रदर्शनमा आएर सबैभन्दा बढी व्यापार गर्ने नेपाली फिल्म चाहिँ ‘नरसिंहा : अभतार’ हो । यसको भन्दा ‘हाउसफुल’को व्यापार दोब्बरलेभन्दा धेरैले बढी छ ।

अर्थात्, जेठमा प्रदर्शनमा आएका फिल्महरु मध्ये धेरै दर्शकले हरेको फिल्म ‘हाउसफुल ५’ बनेको छ ।

बोर्डको तथ्यांकअनुसार १ लाख ४७ हजार ९१२ दर्शकले यो फिल्म हरेका छन् ।

जेठमा प्रदर्शनमा आएको मध्ये सबैभन्दा बढी दर्शकले हेरेको फिल्म ‘नरसिंहा : अभतार’ हो । जुन फिल्म हेर्न ६३ हजार २८२ दर्शक हलमा पुगेका छन् ।

‘हाउसफुल ५’ को कलेक्सन अझै बढ्ने देखिन्छ । सोमबार पनि यसले ६० भन्दा बढी शो पाएको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : ४७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको