साउथ हिरो विजयको ‘अन्तिम’ फिल्म ‘जन नायकन’को टिजर सार्वजनिक « Khabarhub

साउथ हिरो विजयको ‘अन्तिम’ फिल्म ‘जन नायकन’को टिजर सार्वजनिक


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक विजय थलापति आफ्नो अन्तिम फिल्म प्रदर्शनको पर्खाइमा छन् । यो फिल्मको काम सकिएपछि उनी सक्रियरुपमा राजनीतिमा लाग्ने बुझिएको छ ।

राजनीतिमा होमिन उनले फिल्ममा अभियनको काम रोक्ने घोषणा गरेका छन् । उनले ‘जन नायकन’लाई आफ्नो अन्तिम फिल्म भनेका छन् । यसको प्रदर्शन मिति सन् २०२६ को पहिलो महिनालाई तोकिएको छ ।

यस फिल्मको टिजर आइतबार बिहान १२ बजे सार्वजनिक भएको छ । निर्माण पक्षले टिजर निकालेर विजयलाई जन्मदिनको शुभकामना दिएको हो ।

एक मिनेट ६ सेकेन्ड लामो टिजरले विजयले फिल्ममा निर्वाह गरेको चरित्र खुलाउँछ । उनी एक प्रहरीको भूमिकामा देखिएका छन् ।

टिजरले फिल्ममा एक्सनको खुराकहरु प्रशस्तै रहेको संकेत गर्छ । सार्वजिनक भएको २४ घण्टा नबित्दै टिजरले १७ मिलियनभन्दा बढी भ्युज पाएको छ ।

टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । कमेन्ट बक्समा फ्यानहरुले विजयलाई जन्म दिनको शुभकामना दिएका छन् ।

केही दर्शकले ‘विजयको अन्तिम फिल्म हेर्न उत्साहित’ भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

यो फिल्मको निर्देशक एच विनोद हुन् । उनका अनुसार यो फिल्म राजनीतिक विषयको उठान गरेको कथामा बनेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ३५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५