साउथ हिरो विजयको ‘अन्तिम’ फिल्म ‘जन नायकन’को टिजर सार्वजनिक « Khabarhub

साउथ हिरो विजयको ‘अन्तिम’ फिल्म ‘जन नायकन’को टिजर सार्वजनिक


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक विजय थलापति आफ्नो अन्तिम फिल्म प्रदर्शनको पर्खाइमा छन् । यो फिल्मको काम सकिएपछि उनी सक्रियरुपमा राजनीतिमा लाग्ने बुझिएको छ ।

राजनीतिमा होमिन उनले फिल्ममा अभियनको काम रोक्ने घोषणा गरेका छन् । उनले ‘जन नायकन’लाई आफ्नो अन्तिम फिल्म भनेका छन् । यसको प्रदर्शन मिति सन् २०२६ को पहिलो महिनालाई तोकिएको छ ।

यस फिल्मको टिजर आइतबार बिहान १२ बजे सार्वजनिक भएको छ । निर्माण पक्षले टिजर निकालेर विजयलाई जन्मदिनको शुभकामना दिएको हो ।

एक मिनेट ६ सेकेन्ड लामो टिजरले विजयले फिल्ममा निर्वाह गरेको चरित्र खुलाउँछ । उनी एक प्रहरीको भूमिकामा देखिएका छन् ।

टिजरले फिल्ममा एक्सनको खुराकहरु प्रशस्तै रहेको संकेत गर्छ । सार्वजिनक भएको २४ घण्टा नबित्दै टिजरले १७ मिलियनभन्दा बढी भ्युज पाएको छ ।

टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । कमेन्ट बक्समा फ्यानहरुले विजयलाई जन्म दिनको शुभकामना दिएका छन् ।

केही दर्शकले ‘विजयको अन्तिम फिल्म हेर्न उत्साहित’ भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

यो फिल्मको निर्देशक एच विनोद हुन् । उनका अनुसार यो फिल्म राजनीतिक विषयको उठान गरेको कथामा बनेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ३५ बजे

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी