वृद्धभत्ता पाउने उमेर ६८ वर्ष नै बनाउनुपर्छ : सांसद खतिवडा  « Khabarhub

वृद्धभत्ता पाउने उमेर ६८ वर्ष नै बनाउनुपर्छ : सांसद खतिवडा 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले संसद्मा बजेटमाथि छलफल भएपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगर्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै सांसद रामहरि खतिवडाले बजेटमा छलफल गरिसकेपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगरी पारित गर्न नहुने बताए  । 

छलफल भएपछि बजेटमा भएका त्रुटि सच्याउनुपर्ने उनको माग छ । ६८ वर्ष पुगेका ज्येष्ठ नागरिक भत्ता ७० वर्ष पुर्‍याउने विषयलाई अहिलेकै व्यवस्थाअनुसार ६८ वर्ष नै कायम गर्न सांसद खतिवडाले जोड दिए  । 

सांसद रामकृष्ण यादवले हुलाकी राजमार्ग र यसअन्तर्गतका पुल अलपत्र बनेको बताए  । शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण विकास मन्त्रालय राख्न उनले माग गरे । 

सांसद बिजुला रायमाझीले विकास निर्माणमा समानुपातिक सांसदलाई विभेद गरिएको बताउँदै यसमा धेरै महिला परेको सुनाइन् । महिला, बालबालिकाका क्षेत्रमा बजेट वृद्धि गरिनुपर्ने उनको माग थियो ।

सांसदद्वय सूर्यप्रसाद ढकाल र मुक्ताकुमारी यादवले बजेटमा भएका त्रुटि सच्याउनुपर्ने, राजनेताको सम्मान गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली