वृद्धभत्ता पाउने उमेर ६८ वर्ष नै बनाउनुपर्छ : सांसद खतिवडा  « Khabarhub

वृद्धभत्ता पाउने उमेर ६८ वर्ष नै बनाउनुपर्छ : सांसद खतिवडा 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले संसद्मा बजेटमाथि छलफल भएपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगर्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै सांसद रामहरि खतिवडाले बजेटमा छलफल गरिसकेपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगरी पारित गर्न नहुने बताए  । 

छलफल भएपछि बजेटमा भएका त्रुटि सच्याउनुपर्ने उनको माग छ । ६८ वर्ष पुगेका ज्येष्ठ नागरिक भत्ता ७० वर्ष पुर्‍याउने विषयलाई अहिलेकै व्यवस्थाअनुसार ६८ वर्ष नै कायम गर्न सांसद खतिवडाले जोड दिए  । 

सांसद रामकृष्ण यादवले हुलाकी राजमार्ग र यसअन्तर्गतका पुल अलपत्र बनेको बताए  । शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण विकास मन्त्रालय राख्न उनले माग गरे । 

सांसद बिजुला रायमाझीले विकास निर्माणमा समानुपातिक सांसदलाई विभेद गरिएको बताउँदै यसमा धेरै महिला परेको सुनाइन् । महिला, बालबालिकाका क्षेत्रमा बजेट वृद्धि गरिनुपर्ने उनको माग थियो ।

सांसदद्वय सूर्यप्रसाद ढकाल र मुक्ताकुमारी यादवले बजेटमा भएका त्रुटि सच्याउनुपर्ने, राजनेताको सम्मान गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ५२ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त