हमासको अपहरणमा परेका तीन इजरायली बन्धकको शव भेटियो « Khabarhub

हमासको अपहरणमा परेका तीन इजरायली बन्धकको शव भेटियो


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ – इजरायली सेनाले (आईडीएफ) ले अपहरणपछि गाजामा ज्यान गुमाएका तीन बन्धकहरूको शव आइतबार बिहान फेला पारेको जनाएको छ।

मृतकहरूमा ओफ्रा केइदार, जोनाथन सामेरानो, र स्टाफ सर्जेन्ट शाय लेभिनसन छन् । ती शव इजरायलको एक संयुक्त सैन्य र गुप्तचर संस्था शिन बेटको अपरेशनमार्फत् फेला पारिएको हो।

आईडीएफका अनुसार यो अपरेशन गाजाको डिभिजनले चलाएको थियो । यो कार्य होस्टेज हेडक्वार्टर युनिट, मिलिटरी इन्टेलिजेन्स डाइरेक्टोरेट, तथा शिन बेटद्वारा संकलित सूचनाका आधारमा सफल भएको हो ।

तीन शवहरूलाई पहिचानका लागि अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा ल्याइएको थियो, त्यसपछि परिवारहरूलाई जानकारी दिइएको हो।

ओफ्रा केइदार

ओफ्रा केइदारलाई अक्टोबर ७, २०२३ मा किब्बुट्ज बे’एरीमा बिहान हमासका लडाकुले हत्या गरेका थिए। त्यसपछि उनको शव गाजातर्फ लगिएको थियो।

उनलाई परिवारका सदस्य र साथीहरूले एक मिहिनेती, पशुप्रेमी, र शारीरिक रूपमा बलियो महिला भनेका छन् ।

उनका श्रीमान् सामी केइदारको पनि त्यसबेला हत्या भएको थियो । उनको हेरचाह गरिरहेकी एक जना कर्मचारी समेत हमलामा घाइते भएकी थिइन्।

ओफ्रा र सामीका तीन सन्तान (छोरी याएल, छोरा एलाड र ओरेन) छन् । शव फेला परेपछि छोरा एलाड केइदारले भने, ‘अब हामीसँग जाने ठाउँ हुनेछ, चिहान हुनेछ । यो हाम्रा लागि सान्त्वनाको खबर हो।’

जोनाथन सामेरानो

तेल अभिभ निवासी सामेरानो हमासले आक्रमण गर्दा नोभा म्युजिक फेस्टिभलमा सहभागी थिए । त्यस बिहान उनी दुई साथीहरूसँग भागेर किब्बुट्ज बे’एरी पुगेका थिए।

त्यहाँ तीनै जनाको हत्या गरिएको थियो । त्यसपछि सामेरानोको शव गाजातर्फ लगिएको थियो। उक्त उत्सवमा ३६० जनाभन्दा बढी मारिएका थिए।

किब्बुट्जको सुरक्षाक्यामेराले हमासले उनलाई जिपमा हालेर गाजातर्फ लैजाँदै गरेको दृश्य रेकर्ड गरेको थियो। उनको मृत्यु डिसेम्बर २०२३ मा पुष्टि गरिएको थियो।

स्टाफ सर्जेन्ट शाय लेभिनसन

शाय लेभिनसनबारे विस्तृत विवरण भेटिएको छैन । उनको पनि अक्टोबर ७ को हमलामा अपहरणपछि हत्या गरिएको अनुमान छ ।

इजरायली सेनाले तीनै शव फिर्ता ल्याएर परिवारलाई जानकारी दिइसकेको छ। परिवारजनहरूले यतिबेला चिहानमा फूल अर्पण गर्ने ठाउँ हुनु नै सान्त्वना भएको बताएका छन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ५३ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली