हमासको अपहरणमा परेका तीन इजरायली बन्धकको शव भेटियो | Khabarhub Khabarhub

हमासको अपहरणमा परेका तीन इजरायली बन्धकको शव भेटियो


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ – इजरायली सेनाले (आईडीएफ) ले अपहरणपछि गाजामा ज्यान गुमाएका तीन बन्धकहरूको शव आइतबार बिहान फेला पारेको जनाएको छ।

मृतकहरूमा ओफ्रा केइदार, जोनाथन सामेरानो, र स्टाफ सर्जेन्ट शाय लेभिनसन छन् । ती शव इजरायलको एक संयुक्त सैन्य र गुप्तचर संस्था शिन बेटको अपरेशनमार्फत् फेला पारिएको हो।

आईडीएफका अनुसार यो अपरेशन गाजाको डिभिजनले चलाएको थियो । यो कार्य होस्टेज हेडक्वार्टर युनिट, मिलिटरी इन्टेलिजेन्स डाइरेक्टोरेट, तथा शिन बेटद्वारा संकलित सूचनाका आधारमा सफल भएको हो ।

तीन शवहरूलाई पहिचानका लागि अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा ल्याइएको थियो, त्यसपछि परिवारहरूलाई जानकारी दिइएको हो।

ओफ्रा केइदार

ओफ्रा केइदारलाई अक्टोबर ७, २०२३ मा किब्बुट्ज बे’एरीमा बिहान हमासका लडाकुले हत्या गरेका थिए। त्यसपछि उनको शव गाजातर्फ लगिएको थियो।

उनलाई परिवारका सदस्य र साथीहरूले एक मिहिनेती, पशुप्रेमी, र शारीरिक रूपमा बलियो महिला भनेका छन् ।

उनका श्रीमान् सामी केइदारको पनि त्यसबेला हत्या भएको थियो । उनको हेरचाह गरिरहेकी एक जना कर्मचारी समेत हमलामा घाइते भएकी थिइन्।

ओफ्रा र सामीका तीन सन्तान (छोरी याएल, छोरा एलाड र ओरेन) छन् । शव फेला परेपछि छोरा एलाड केइदारले भने, ‘अब हामीसँग जाने ठाउँ हुनेछ, चिहान हुनेछ । यो हाम्रा लागि सान्त्वनाको खबर हो।’

जोनाथन सामेरानो

तेल अभिभ निवासी सामेरानो हमासले आक्रमण गर्दा नोभा म्युजिक फेस्टिभलमा सहभागी थिए । त्यस बिहान उनी दुई साथीहरूसँग भागेर किब्बुट्ज बे’एरी पुगेका थिए।

त्यहाँ तीनै जनाको हत्या गरिएको थियो । त्यसपछि सामेरानोको शव गाजातर्फ लगिएको थियो। उक्त उत्सवमा ३६० जनाभन्दा बढी मारिएका थिए।

किब्बुट्जको सुरक्षाक्यामेराले हमासले उनलाई जिपमा हालेर गाजातर्फ लैजाँदै गरेको दृश्य रेकर्ड गरेको थियो। उनको मृत्यु डिसेम्बर २०२३ मा पुष्टि गरिएको थियो।

स्टाफ सर्जेन्ट शाय लेभिनसन

शाय लेभिनसनबारे विस्तृत विवरण भेटिएको छैन । उनको पनि अक्टोबर ७ को हमलामा अपहरणपछि हत्या गरिएको अनुमान छ ।

इजरायली सेनाले तीनै शव फिर्ता ल्याएर परिवारलाई जानकारी दिइसकेको छ। परिवारजनहरूले यतिबेला चिहानमा फूल अर्पण गर्ने ठाउँ हुनु नै सान्त्वना भएको बताएका छन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ५३ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू