जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’ « Khabarhub

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स अफिसमा ‘डिजास्टर’ सावित भएको छ ।

अति कमजोर व्यापार गरेको फिल्मलाई ‘डिजास्टर’को ट्याग लगाइन्छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको लाइफटाइम ग्रस कलेक्सन २६ हजार ९ सय छ ।

अर्थात्, यो फिल्म हेर्न ११० दर्शक मात्रै हलमा पुगेको बोर्डको तथ्यांकले देखाउँछ ।

यो फिल्म जेठ २ गते प्रदर्शनमा आएको थियो । त्यही दिन अर्को फिल्म ‘के घर के डेरा : घर नम्बर २’ प्रदर्शनमा आएको थियो ।

यी दुवैको फिल्मको व्यापार सुखद रहन सकेन । ‘घर नम्बर २’को पनि लाइफटाइम ग्रस कलेक्सन जम्मा ५७ लाख ७० हजार ७३२ छ ।

‘हेल्लो काँशीराम’को लेखक र निर्देशक रिम विश्वकर्मा हुन् । यस फिल्मको स्टार कलाकार दिलीप मात्रै हुन् । प्रियंका विशेष भूमिकामा छिन् ।

‘घर नम्बर २’को निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्ममा नायकहरु आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, नायिकाहरु केकी अधिकारी र उपासनासिंह ठकुरी छन् ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ५९ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।