गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा « Khabarhub

गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने आवाज उठाएका छन्। गाजामा सर्वसाधारणमाथि भएको ज्यादती एकदमै बढी भएको भन्दै उनीहरुले निन्दा गरेका हुन्।

सार्वजनिक भएको संयुक्त विज्ञप्तिमा इजरायलले राहत वितरण रोकेको तथा त्यहाँको नागरिकको हत्या गरेको भन्दै निन्दा गरिएको छ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एक सातामा इजरायली आक्रमणबाट १०९ जना मारिएको तथा कुपोषणका कारण अन्य १९ जना मारिएको जनाइएको छ।

मन्त्रालयले सैन्य समूहमाथि झुटको प्रचार गरेको तथा युद्ध विराम गर्न नचाहेको तथा नागरिक मार्न सक्रिय भएको आरोप लगाइएको छ। युद्धको पछिल्लो २१ महिनामा इजरायलले बनाएको नीति र योजनाको समेत आलोचना गरिएको छ।

यसरी विज्ञप्ति हस्ताक्षर गर्नेमा बेलायत तथा अन्य २७ देशमा अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिलयान्ड र स्वीजरल्यान्ड छन्। उनीहरूले पानी र खाद्यान्नको अभाव भइरहेको तथा राहत कुरिरहेको समयमा आठ सय जना प्यालेस्टाइनी मारिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : १३ बजे

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण