म्याग्दीको बेनी–पुरुण्डी सडकखण्डमा कालोपत्र | Khabarhub Khabarhub

म्याग्दीको बेनी–पुरुण्डी सडकखण्डमा कालोपत्र


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिका– ५, ६ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।

बेनीबाट बेनी– ६ अर्थुङ्गे–बाँसबोट–एकपाटे–अवेचौर हुँदै पुरुण्डीसम्म ६ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

‘बेनीबाट अर्थुङ्गे हुँदै पुलाचौर जोड्ने सडक योजना बेनी नगरपालिकाको प्राथमिकताप्राप्त क्रमागत योजना हो’, उनले भने, ‘पुरुण्डीबाट पुलाचौतर्फको सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८२/८३ मा लागि रु एक करोड ६२ लाख ५० हजार विनियोजन भएको छ ।’

बेनी–अर्थुङ्गे पुलाचौर सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा दुईवटा योजना सञ्चालन गरेको थियो । गत वर्षसम्म बेनीबाट अर्थुङ्गे हुँदै बेनी नगरपालिका– ६ बाँसबोटसम्म ढलान र कालोपत्र भएको थियो ।

६२ लाख ६७ हजार ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको योजनामार्फत एकपाटे र अवेचौर क्षेत्रमा ४२६ मिटर प्रिमिक्स कालोपत्र, एक सय ३० मिटर ढलान र एक सय ९० मिटर पक्की नाली निर्माण भएको बेनी नगरपालिकाका प्राविधिक मिलन केसीले बताए ।

सडक बोर्डको कार्यक्रमअन्तर्गत ६८ लाख ७९ हजार ४९८ रुपैयाँमा ठेक्का सम्झौता भएको योजनामार्फत पुरुण्डी खण्डमा दुई सय ३२ मिटर ढलान, एक सय ५० मिटर पक्की नाली, पर्खाल निर्माण सकिएको र ७२ मिटर प्रिमिक्स कालोपत्र गर्न बाँकी छ ।

कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली र कुनातर्फ टेवा पर्खाल निर्माण भएको छ । यसअघि सडक चार मिटरको अनुपातमा फरालिको थियो । विस्तार गरेर सात मिटरको अनुपातमा फराकिलो पारिएको छ ।

एकपाटेका बासिन्दा विष्णुदत्त शर्मा मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति भएसँगै आवतजावतमा सहज भएको बताए । ‘सडक सुधार भएसँगै यसअघि एकपाटेबाट बेनी आउन ४० मिनेट लाग्ने गरेकामा अहिले यात्राअवधि १० मिनेटमा छोटिएको छ’, उनले भने, ‘हिलो र धुलोमुक्त सफा सडकमा सुरक्षित रूपमा यात्रा गर्न पाउँदा दङ्ग परेका छौँ ।’

स्तरोन्नति भएको सडकमा नियमित यातायातका साधन सञ्चालन गर्न र भाडादर समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् । स्थानीयको मागअनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नयाँ आर्थिक वर्षको सुरुआतसँगै नयाँ भाडादर लागि गरिएको नगरपालिकाले जनाएको छ । (रासस)

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : २४ बजे

संसद विघटनमा माओवादी दुई धार, चुनावमा एक

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको विषयलाई लिएर

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो