फिल्म ‘कोशेढुङ्गा’को तीज कोसेली : ‘नत्र भने जिन्दगी व्यर्थ छ जिन्दगी’ « Khabarhub

फिल्म ‘कोशेढुङ्गा’को तीज कोसेली : ‘नत्र भने जिन्दगी व्यर्थ छ जिन्दगी’


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकको दोस्रो फिल्म ‘कोशेढुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार सुन्धारस्थित एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी फिल्ममा सामावेश ‘नत्र भने जिन्दगी व्यर्थ छ जिन्दगी’बोलको तीज गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा फिल्मका शीर्ष तीन नायिका ऋचा शर्मा, सुरक्षा पन्त र नीति शाहको नृत्य देख्न सकिन्छ । ‘डान्सिङ’ गीतको भिडियोमा दजनौं कोरसलाई नचाइएको छ ।

यस गीतमा गायक खेम सेञ्चुरी, गायिकाद्वय समीक्षा अधिकारी र दीपिका मगरको स्वर रहेको छ ।

निर्देशक सरोज पौडेलले यो तीजका लागि गीत विशेष कोसेली बन्ने विश्वास राखे । उनले भने, ‘यो गीत नाच्न मिल्ने र राम्रो बनेको छ । आशा छ दिदीबहिनीहरुले यो गीतमा नाँच्दै तीज मनाउनु हुनेछ ।’

नायिका सुरक्षा पन्तले पनि यो गीतले तीजलाई विशेष बनाउने आशा व्यक्त गरिन् ।

यो गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीतकार खेम सेन्चुरी नै हुन् ।

‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा बनेको यस फिल्मका नायक आर्यन सिग्लेल हुन् ।

गीत :

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ५९ बजे

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा 

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कञ्चनपुर– थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व

एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ– स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली