भूमिसम्बन्धी विधेयकमा एमालेको एकलौटी स्वीकार्य हुँदैन : डा. महत | Khabarhub Khabarhub

भूमिसम्बन्धी विधेयकमा एमालेको एकलौटी स्वीकार्य हुँदैन : डा. महत


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ मा नेकपा एमालेले एकलौटी गरे स्वीकार्य नहुने चेतावनी दिएका छन् । 

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा मंगलबार बीपी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भूमिसम्बन्धी विधेयक समग्रमा छलफल गरेर निष्कर्षमा पुग्न सकिने प्रष्ट पारे । 

‘भूमि विधेयकमा समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ,’ प्रवक्ता महतले भने, ‘एकलौटी लाद्ने कुरा स्वीकार्य हुन सक्दैन ।’

उनले संघीय निजामती सेवा विधेयक, २०८० मा व्यवस्था गरिएको ‘कुलिङ पिरियड’मा कांग्रेसले कुनै सम्झौता नगर्ने पनि अडान राखे । 

‘कुलिङ पिरिएड सर्वसम्मत रूपमा समितिबाट अगाडि बढेको हो,’ महतले भने, ‘त्यसमा कांग्रेसले कम्प्रमाइज गर्न सक्दैन । लागू हुनुपर्छ ।’

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमा सर्वसम्मतले राखेको दुईवर्षे ‘कुलिङ पिरियड’को प्रावधान हटाउन एमालेले राष्ट्रिय सभामा चलखेल गरिरहेको छ ।  

एमालेले राष्ट्रिय सभामा आफ्ना सांसदहरूलाई ‘कुलिङ पिरियड’ हटाउनका लागि सामूहिक संशोधन प्रस्ताव दर्ता गर्न लगाएको छ । एमालेले आइतबार राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक रहेका गोपाल भट्टराईको अगुवाइमा पाँच जना सांसदहरूमार्फत् संशोधन प्रस्ताव दर्ता गराएको हो । 

उनीहरूले विधेयकको दफा ८२ मा ‘प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनको बुँदा नम्बर ४ झिक्ने’ संशोधन राखेका छन् ।

 एमालेले गरेको प्रस्तावबाट अवकाशलगत्तै संवैधानिक आयोग, राजदूतका साथै विभिन्न सरकारी नियुक्ति ताकिरहेका सरकारका मुख्यसचिव र सचिवका स्वार्थलाई मलजल पुग्ने देखिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ४५ बजे

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा