विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह « Khabarhub

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन्  ।

विपिनकी आमा र बहिनीले आइतबार परराष्ट्र मन्त्रालयमा भेट गर्दै मन्त्री डा राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरेका हुन्  ।

 मन्त्री डा राणाको पहल एवं नेपालस्थित इजरायली राजदूतावासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न तथा उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए । इजरायलबाट फर्केपछि आज उनीहरुले मन्त्री डा राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन् ।

दुवै जनाले आफूहरू इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरूले सहयोग गरेको तथा त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरूसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिएका थिए । 

त्यस अवसरमा मन्त्री डा राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताइन् ।

मन्त्री डा राणाले उनीहरूसँग भनिन्, ‘यो एक वर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्चहरू, विभिन्न द्विपक्षीय तथा अन्तर्राष्ट्रिय बैठक तथा भेटवार्ताहरूमा विपिनको रिहाइको आग्रह गरिरहेकै छु । हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्ने जति पत्राचार एवं अन्य आवश्यक पहल जारी राखेका छौँ ।’ 
       
आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्री एवं अधिकारीसँगको भेट एवं फोन वार्ताका साथै संयुक्त राष्ट्रसङ्घदेखि अन्य अन्तर्राष्ट्रिय फोरममा पनि विपिन रिहाइको मुद्दालाई सशक्त रूपमा राख्दै आएको मन्त्री डा राणाले जानकारी दिइन् । सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन हमास समूहको अपहरणमा परेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ७ : २४ बजे

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये