काभ्रे अदालतद्वारा ९२ प्रतिशत मुद्दा फछर्यौट | Khabarhub Khabarhub

काभ्रे अदालतद्वारा ९२ प्रतिशत मुद्दा फछर्यौट


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्ला अदालतद्वारा बितेको आर्थिक वर्ष २०८१-८२ मा ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । उक्त आवमा अदालतबाट दुई हजार ३२० मुद्दा फछर्यौट लक्ष्य राखिएकामा दुई हजार १२९ अर्थात् ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछर्यौट भएको जनाइएको हो । 

सो अवधिमा एक हजार ३५८ पुरानो जिम्मेवारी सरेर आएका मुद्दा थिए । तीसँगै गत आवमा दर्ता भएका दुई हजार २३३ गरी कुल तीन हजार ५९१ मुद्दा रहेकामा दुई हजार १२९ फछर्यौट भएको र एक हजार ४६२ मुद्दा फछर्यौट हुन बाँकी रहेको कार्यालयका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए। 

उनका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । त्यसमा ६३७ सम्बन्धविच्छेद, चेक अनादरका २४५, अंश चलनका ३३१, भरणपोषण ९८, जबर्जस्तीकरणीका ४४ र अन्य ८७८ रहेका छन् । 

यसैगरी, मेलमिलापमा पठाउने मुद्दाको लक्ष्य एक हजार ५६१ रहेकामा २६ दशमलव २५ प्रतिशत अर्थात् जम्मा २९६ पठाइएको जनाइएको छ । मेलमिलाप भएका ७८, मेलमिलाप हुन नसकेका १८५ र मेलमिलाप प्रक्रियामा बाँकी रहेको ३३ मुद्दा रहेको अदालतले जनाएको छ । अदालतले मुद्दाको प्रकृति हेरेर तीन वर्गमा मुद्दाको बाँडफाँड गर्दै सुनुवाइ गर्ने गरेको छ ।

छ महिनाभित्र सुनुवाइ गर्नुपर्ने सरल मार्गका मुद्दा हुन् भने एक वर्षभित्र र १८ महिनाभित्र सक्नुपर्ने मुद्दा सामान्य तथा विशेषअन्तर्गत पर्छन् । 

अदालतले लक्ष्यअनुसार मुद्दा फछ्र्यौट हुन नसक्नाका कारणमा मुद्दाको मार्गबमोजिमका फाँट निर्धारण र स्वचालित पेसी व्यवस्थापन गर्दा अलमल हुनुलाई मुख्य मानेको जनाएको छ ।

भदौमा न्यायाधीशको सरुवा, तालिम तथा न्यायाधीश बिदामा बस्नु परेको तथा वादी–प्रतिवादीले तारेख गुजार्ने र पेसी स्थगित गर्नुपर्ने कारणले पनि मुद्दा फछर्यौटमा कमी भएको देखिएको अदालतले जनाएको छ । 

जिल्ला अदालतका प्रमुख न्यायाधीश मातृकाप्रसाद आचार्यका अनुसार विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएका नमूनाको परीक्षण प्रतिवेदन समयमा नआउने र सरकारवादी मुद्दामा जाहेरवाला, सरकारी साक्षी, पक्राउपुर्जी तथा म्याद तामेली, वतन खुलाउने कार्यमा विलम्ब हुने गरेकाले पनि मुद्दा फछर्यौटको लक्ष्य पूरा हुन नसकेको हो ।

 अदालतले आव २०७९-८० मा ६५ दशमलव ३३ प्रतिशत, २०८०-८१ मा ५८ दशमलव ७९ र गत आर्थिक वर्ष २०८१-८२ मा ५९ दशमलव २८ प्रतिशत मुद्दा फछर्यौट गरेको थियो । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ५४ बजे

मन्त्रीको दाबी- सुधार हुँदैछ वीरको स्थिति : सेवाग्राही भन्छन्- टिकट काट्ने लाइनमै बेथिति

काठमाडौं– टाउको दुखाइको समस्या लिएर वीर अस्पताल पुगेकी एक सेवाग्राही

देशभर मनाइयो ४३ औँ बीपी स्मृति दिवस

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस

फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली

पोखरा– पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक

झपट रावलको प्रस्ताव : प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन गरौँ

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा नेता झपट रावलले

फाइभ–जी नेटवर्क छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

 काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति