जेम्स क्यामरुनको अवतार ३ को पहिलो झलक सार्वजनिक « Khabarhub

जेम्स क्यामरुनको अवतार ३ को पहिलो झलक सार्वजनिक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म अवतार : फायर एन्ड ऐश आगामी डिसेम्बर १९, २०२५ मा विश्वभर रिलिज हुने भएको छ। फिल्म अवतार : फायर एन्ड ऐश को पहिलो पोस्टर ट्वेन्टीथ सेन्चुरी स्टुडियोज र डिज्नी को आधिकारिक खाताबाट आज सार्वजनिक गरिएको हो । पोस्टरमा नयाँ खलनायक वराङ को झल्को देख्न सकिन्छ, यो पात्रको भूमिका अभिनेत्री ऊना च्याप्लिनले निभाउनेछिन् ।

अवतार श्रृंखलाको तेस्रो भागका रूपमा प्रस्तुत गरिएको फायर एन्ड ऐश फिल्म ट्वेन्टीथ सेन्चुरी स्टुडियोजद्वारा निर्माण र वितरण गरिएको हो । यो फिल्म सन् २०२२ मा रिलिज भएको अवतार : द वे अफ वाटरको सिक्वेल हो ।

अवतारस् फायर एन्ड ऐश फिल्मको छायांकन अवतार : द वे अफ वाटर अर्थात् अवतार श्रृंखलाको दोस्रो भागसँगै सेप्टेम्बर २५, २०१७ मा न्युजिल्याण्डमा सुरु गरिएको थियो र लामो ३ वर्षको छायांकनपछि डिसेम्बर २०२० मा पूरा भएको थियो ।

भारतीय मिडिया अनुसार हालसम्म फिल्मको रिलिज मिति ९ पटक सारिएको छ, जसको पछिल्लो ढिलाइ अगस्ट ९, २०२४ मा भएको हो । अन्ततः, फिल्म डिसेम्बर १९, २०२५ मा रिलिज हुने निश्चित भएको छ ।

फिल्ममा पहिलेका मुख्य कलाकारहरू साम वर्थिङ्टन, जोई साल्डाना, सिगोर्ने वीभर लगायत अन्य कलाकारहरू पुनः देखिनेछन् । यो फिल्म दर्शकहरूलाई पाण्डोराको आकर्षक र अद्भुत संसारमा फेरि एकपटक लैजाने वाचा गर्छ ।

निर्माताहरूका अनुसार अवतारस् फायर एन्ड ऐश पछि थप दुई सिक्वेलहरू अवतार ४ र अवतार ५ क्रमशः सन् २०२९ र सन् २०३१ मा रिलिज हुने तयारीमा छन् । यी दुवै प्रोजेक्टहरू विभिन्न निर्माण चरणमा रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : १८ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले