जेम्स क्यामरुनको अवतार ३ को पहिलो झलक सार्वजनिक « Khabarhub

जेम्स क्यामरुनको अवतार ३ को पहिलो झलक सार्वजनिक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म अवतार : फायर एन्ड ऐश आगामी डिसेम्बर १९, २०२५ मा विश्वभर रिलिज हुने भएको छ। फिल्म अवतार : फायर एन्ड ऐश को पहिलो पोस्टर ट्वेन्टीथ सेन्चुरी स्टुडियोज र डिज्नी को आधिकारिक खाताबाट आज सार्वजनिक गरिएको हो । पोस्टरमा नयाँ खलनायक वराङ को झल्को देख्न सकिन्छ, यो पात्रको भूमिका अभिनेत्री ऊना च्याप्लिनले निभाउनेछिन् ।

अवतार श्रृंखलाको तेस्रो भागका रूपमा प्रस्तुत गरिएको फायर एन्ड ऐश फिल्म ट्वेन्टीथ सेन्चुरी स्टुडियोजद्वारा निर्माण र वितरण गरिएको हो । यो फिल्म सन् २०२२ मा रिलिज भएको अवतार : द वे अफ वाटरको सिक्वेल हो ।

अवतारस् फायर एन्ड ऐश फिल्मको छायांकन अवतार : द वे अफ वाटर अर्थात् अवतार श्रृंखलाको दोस्रो भागसँगै सेप्टेम्बर २५, २०१७ मा न्युजिल्याण्डमा सुरु गरिएको थियो र लामो ३ वर्षको छायांकनपछि डिसेम्बर २०२० मा पूरा भएको थियो ।

भारतीय मिडिया अनुसार हालसम्म फिल्मको रिलिज मिति ९ पटक सारिएको छ, जसको पछिल्लो ढिलाइ अगस्ट ९, २०२४ मा भएको हो । अन्ततः, फिल्म डिसेम्बर १९, २०२५ मा रिलिज हुने निश्चित भएको छ ।

फिल्ममा पहिलेका मुख्य कलाकारहरू साम वर्थिङ्टन, जोई साल्डाना, सिगोर्ने वीभर लगायत अन्य कलाकारहरू पुनः देखिनेछन् । यो फिल्म दर्शकहरूलाई पाण्डोराको आकर्षक र अद्भुत संसारमा फेरि एकपटक लैजाने वाचा गर्छ ।

निर्माताहरूका अनुसार अवतारस् फायर एन्ड ऐश पछि थप दुई सिक्वेलहरू अवतार ४ र अवतार ५ क्रमशः सन् २०२९ र सन् २०३१ मा रिलिज हुने तयारीमा छन् । यी दुवै प्रोजेक्टहरू विभिन्न निर्माण चरणमा रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : १८ बजे

ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडौं- चीनले ताइवानलाई हतियार बेच्दै आएका केही चर्चित अमेरिकी कम्पनीको

खेलकुद क्षेत्रमा राजनीति हावी भयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य

सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

एजेन्सी– रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२