हेलिकप्टरबाट काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु « Khabarhub

हेलिकप्टरबाट काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।

शिशुलाई समस्या देखिएपछि गर्भवतीका लागि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत आमासहित शिशुलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो । जिल्ला अस्पतालमा सोमबार शल्यक्रियामार्फत जन्मिएका शिशुको काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएका शिशुको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । उद्धार गरिएका शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।

जन्मिएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि थप उपचारका लागि शिशुलाई आमासहित काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताए। जन्मिने समय एक हप्ता नाघेपछि पनि व्यथा नलागेपछि शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ । तीन पटकसम्म औषधि चलाउँदा समेत व्यथा नलागेपछि शल्यक्रिया गरिएको डा सङ्ग्रौलाले बताए। शिशुको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको आरोप लगाउन थालेका छन् ।

गत असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा उपचारमा आउने बिरामीका लागि दैनिकजसो हेलिकप्टर चार्टर गरेर अन्यत्र लैजानुपर्ने बाध्यता छ । बिना पूर्वाधार कोशी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूरवाधार विकासमन्त्री भूपेन्द्र राईले १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति भएको घोषण गर्नुभएदेखि नै आलोचना सुरु भएको थियो ।

विक्रम संवत् २०४९ वैशाख १ गते स्थापना भएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि निर्माणाधीन भवन अलपत्र अवस्थामा छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : ५१ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण