एक वर्षमा ७८ केजी मानव नमूना आयात-निर्यात | Khabarhub Khabarhub

एक वर्षमा ७८ केजी मानव नमूना आयात-निर्यात


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले मानव शरीरको ७८ किलोग्राम नमूना आयात-निर्यात गरेको छ ।

नेपालले पहिचान नम्बर (हार्मोनाइज्ड कोड – एचएस कोड) ९७०५२१०० अन्तर्गत मानव शरीरको नमूना आयात-निर्यात गरेको हो ।

शारीरिक अध्ययन, अनुसन्धान र प्रदर्शनसहित विभिन्न उद्देश्यका लागि मानव नमूना विदेश पठाउने र आयात गर्ने गरिन्छ ।

१२ महिनामा एक लाख २० हजार रुपैयाँ बराबरको ७६ केजी मानव नमूना आयात गरेको नेपालले सोही अवधिमा दुई केजी मानव नमूना निर्यात गरेको छ । निर्यात गर्दा कुनै राजस्व नउठाएको नेपालले आयात गर्दा भने २९ हजार रुपैयाँ आयात महसुल उठाएको छ ।

‘ह्युमन स्पेसिमेन्स एण्ड पार्ट्स दिएरअफ’ शीर्षकमा आयात-निर्यात गरिएको मानव शरीरका नमूनालाई जैविक सामग्रीमा गणना गर्ने गरिन्छ ।

मानव नमूना र भाग अन्तर्गत शारीरिक नमूनाहरू पर्छन्‌ । संरक्षित मानव खोपडी, दाँत, मेरुदण्डका स्तम्भहरू, हड्डीका टुक्राहरू, हात, मस्तिष्क र कपालका नमूनाहरू विभिन्न वैध उद्देश्य निम्ति आयात-निर्यात गर्ने गरिन्छ ।

सङ्कलन गरिएका तन्तु, अङ्ग, हड्डी र अन्य जैविक भागहरू जीवित व्यक्तिहरूबाट बायोप्सी वा शल्यक्रिया गरी निकालिन्छ । मृत व्यक्तिहरूबाट शव परीक्षण क्रममा यस्ता अङ्गका नमूना सङ्कलन गर्ने गरिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : ४९ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र