केदारनाथमा पदमार्ग निर्माण | Khabarhub Khabarhub

केदारनाथमा पदमार्ग निर्माण


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वालिङ– गल्याङ नगरपालिका-७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।गल्याङ-८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।

अग्लो पहाडमा अवस्थित केदारनाथ मन्दिरसम्म दर्शनार्थीको सहजताका लागि गल्याङ नगरपालिकाले पदमार्ग निर्माण गरेको हो । 

दर्शनार्थीलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष टुकराज पाठकले बताए। नगरपालिकाले पदमार्ग निर्माण गर्न आर्थिक वर्ष २०८०-८१ मा १० लाख र आव २०८१-८२ मा दश लाख विनियोजन गरेको उनले बताए।

विनियोजित बजेटबाट ३८५ मिटर लामो पदमार्ग निर्माण गरिएको छ । मन्दिरसम्म पुग्न स्टिलको रेलिङ समेत जडान गरिएको छ । सुनौली–पोखरा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने भारतीय पर्यटकलाई समेत यसतर्फ आकर्षित गर्न सकिने उक्त  मन्दिरका पुजारी काशीराम सापकोटाले बताए ।

चट्टानै चट्टानले बनेको गुफाजस्तोमा रहेको मन्दिरमा भगवान शिवको प्रतिमूर्ति देख्न सकिन्छ । प्राकृतिक चट्टानबाट निर्मित शिवको प्रतिमूर्ति, नन्दीलगायतका अन्य थुप्रै आकृति यहाँ देख्न पाइने पुजारी सापकोटाले बताए। मन्दिरलाई व्यवस्थित बनाउन २०७२ सालमा महायज्ञ सञ्चालन गरिएको थियो ।

उक्त महायज्ञबाट संकलित दुई करोडबाट मन्दिरमा नयाँ संरचना तथा पूर्वाधार निर्माण गरिएको छ । मन्दिरलाई नयाँ स्वरुप दिइएको छ । सिद्धार्थ राजमार्गसँगै जोडिएको आँधीखोलामाथि बनेको अग्लो झोलुङ्गे पुल हुँदै झण्डै १५ मिनेटको पैदल दूरीमा यहाँ पुग्न सकिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : २९ बजे

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा