'आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन हुनेगरी काम भइरहेको छ' | Khabarhub Khabarhub

‘आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन हुनेगरी काम भइरहेको छ’


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– शहरी विकास मन्त्रालयले संसद्को आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्नेगरी काम भइरहेको बताएको छ । मंगलबार शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयले जानकारी गराएको हो । 

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता नारायण मैनालीले आर्थिक वर्ष ०८१,८२मा शहरी विकास मन्त्रालयबाट भएका प्रमुख कामबारे जानकारी गराए । 

‘आउने हिउँदे अधिवेशन अनिवार्य नयाँ संसद् भवनबाट सञ्चालन गर्ने भन्ने निर्देशन प्राप्त भएको छ । त्यसका लागि निर्माण व्यवसायीलाई सोहीअनुसार कार्यतालिका तर्जुमा गरेर म्याद थपमा लगेका थियौँ र अहिले सोही अनुसार काम भइरहेको छ । त्यसको क्लोज मोनिटरिङ भइरहेको छ,’ शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भने । 

प्रगति विवरणको पूर्ण पाठ

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ३ : ३४ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न