‘रिमै’ भदौ २० मा सर्‍यो, यस्तो बन्यो टिजर « Khabarhub

‘रिमै’ भदौ २० मा सर्‍यो, यस्तो बन्यो टिजर


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ प्रदर्शन मिति तोक्दै फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । पहिला भदौ २७ गते प्रदर्शन मिति तोकिएको यो फिल्म अब भदौ २० बाट हलमा लाग्ने भएको छ ।

भदौ २० मा प्रदर्शनमा आउँदा यस फिल्मले हाँस्य कलाकार खड्कबहादुर पुन शीर्ष भूमिकामा रहेको ‘चिठ्ठी’सँग बक्स अफिस प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

‘रिमै’को टिजर दयाहाङ राई विवाहका लागि केटी माग्न गएको दृश्यबाट सुरु हुन्छ । उनले फिल्ममा आशबहादुर गुरुङको भूमिका निर्वाह गरेको टिजरले प्रष्ट पार्छ ।

टिजरमा ‘कबड्डी जोडी’ दयाहाङ र रिश्मा गुरुङ (काजी र मैया)लाई प्रेम जोडीका रुपमा प्रस्तुत गरिएको छ । अर्पण थापाको भूमिका भने रहस्यमयी छ । उनी धोका खाएको प्रेमीको भूमिकामा रहेको टिजरले खुलाउँछ ।

गुरुङ समुदायको प्रेम, विवाह र वियोगको कथामा फिल्म बनेको टिजरले संकेत गर्छ ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस फिल्ममा उनीहरुसहित कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ लगायत छन् ।

उपेन्द्र सुब्बाको लेखन रहेको यस फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । निर्माताहरु टीका गुरुङ, जिता यात्री गुरुङ र दुनबहादुर घले हुन् । निर्देशक खिलबहादुर गुरुङ हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : २६ बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको