‘रिमै’ भदौ २० मा सर्‍यो, यस्तो बन्यो टिजर | Khabarhub Khabarhub

‘रिमै’ भदौ २० मा सर्‍यो, यस्तो बन्यो टिजर


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ प्रदर्शन मिति तोक्दै फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । पहिला भदौ २७ गते प्रदर्शन मिति तोकिएको यो फिल्म अब भदौ २० बाट हलमा लाग्ने भएको छ ।

भदौ २० मा प्रदर्शनमा आउँदा यस फिल्मले हाँस्य कलाकार खड्कबहादुर पुन शीर्ष भूमिकामा रहेको ‘चिठ्ठी’सँग बक्स अफिस प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

‘रिमै’को टिजर दयाहाङ राई विवाहका लागि केटी माग्न गएको दृश्यबाट सुरु हुन्छ । उनले फिल्ममा आशबहादुर गुरुङको भूमिका निर्वाह गरेको टिजरले प्रष्ट पार्छ ।

टिजरमा ‘कबड्डी जोडी’ दयाहाङ र रिश्मा गुरुङ (काजी र मैया)लाई प्रेम जोडीका रुपमा प्रस्तुत गरिएको छ । अर्पण थापाको भूमिका भने रहस्यमयी छ । उनी धोका खाएको प्रेमीको भूमिकामा रहेको टिजरले खुलाउँछ ।

गुरुङ समुदायको प्रेम, विवाह र वियोगको कथामा फिल्म बनेको टिजरले संकेत गर्छ ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस फिल्ममा उनीहरुसहित कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ लगायत छन् ।

उपेन्द्र सुब्बाको लेखन रहेको यस फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । निर्माताहरु टीका गुरुङ, जिता यात्री गुरुङ र दुनबहादुर घले हुन् । निर्देशक खिलबहादुर गुरुङ हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : २६ बजे

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी

काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं