‘आँबाट आमा’मा सिम्रन अनुबन्ध, दोस्रो फिल्ममा पलसँग रोमान्स गर्ने पक्का « Khabarhub

‘आँबाट आमा’मा सिम्रन अनुबन्ध, दोस्रो फिल्ममा पलसँग रोमान्स गर्ने पक्का


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘होस्टल’बाट ठूलो पर्दामा डेब्यू गरेकी सिम्रन पन्त अर्को फिल्म ‘आँबाट आमा’मा अनुबन्ध भएकी छन् ।

चन्द्र पन्तको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा सिम्रन अनुबन्ध भएको निर्माण पक्षले सोमबार सार्वजनिक गरेको हो । उनको यो दोस्रो फिल्म हो ।

निर्देशक पन्तका अनुसार उनी नायक पल शाहको जोडीको भूमिकामा अनुबन्ध भएकी हुन् । अर्थात्, उनले दोस्रो फिल्ममा नै पल शाहसँग अनस्क्रिन रोमान्स गर्ने भएकी हुन् ।

पन्तका अनुसार अझै केही कलाकार चयनको काम बाँकी रहेको छ । यसअघि फिल्ममा विपना थापा, भारतीय कलाकार प्रदीप रावत अनुबन्ध भइसेकेको निर्माण पक्षले बताएको छ ।

पन्तको डेब्यू निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’ गत वर्ष प्रदर्शनमा आएको थियो । यो उनको दोस्रो फिल्म हो ।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको छायाङ्कन भदौबाट सुरु हुने पन्तले बताए । फिल्मको प्रदर्शन मिति फागुन १५ लाई तोकिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : १६ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष