भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने « Khabarhub

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरुमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी दिएका छन् । मंगलबारको राष्ट्रियसभामा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको उत्तर दिँदै उनले पाँचवटा पुल दुई वर्षमा सकिने गरी काम अगाडि बढाइएको जानकारी दिए। 

मन्त्री दाहालका अनुसार सो अवधिमा झिम्री खोला, नलगाडा खोला, चौखा खोला, तात्र खोला र तासु खोला पुलको निर्माण सम्पन्न गरिनेछ । चालु आर्थिक वर्षदेखि सुरु भएर आगामी तीन वर्षभित्र रिजिगाड खोला, चुगाड खोला उसुमखोला, गल्लीगाडखोलालगायतका आठवटा भेरी करिडोरअन्तर्गतका पुल निर्माण गरिने योजना रहेको मन्त्री दाहालले बताए।

उनका अनुसार, २०६८ सालमा पुष्पलाल लोकमार्ग (मध्यपहाडी), रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी सडक पुल निर्माणका लागि वाईपी कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षमा पुल बनाउनेगरी सम्झौता भएको थियो ।

मन्त्री दाहालले भने, ‘तर, एक पिल्लर र केही टावर निर्माणबाहेक अन्य काम ठप्प छ, साथै, छिन्चु–डोल्पा जाने भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा पासागाडसहित १३ वटा पुल निर्माण गर्नुपर्ने छ ।’

मध्यपहाडी राजमार्गमा पर्ने भेरी नदी पुलको निर्माण पनि वाईपी कन्स्ट्रक्सन प्रालिले सम्झौताअनुसार नगरेका कारण ठेक्का तोडिएको र मिति २०७१ मङ्सिर १३ गते कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको मन्त्रीले जानकारी दिए ।

‘त्यसपछि दुईपटक बोलपत्रमार्फत ठेक्का व्यवस्थापनको प्रयास गरिएकामा पहिलो पटक लागत अनुमानभन्दा सारभूत रूपमा बढी रकम कबोल भएकाले असफल भएको र दोस्रोपटक कुनै पनि बोलपत्रदाता नआएकाले ठेक्का लगाउन सकिएन,’ उनले भने, ‘हाल लागत अनुमान पुनरावलोकनको प्रक्रिया अगाडि बढाइएको र आर्थिक वर्ष २०८२-८३ मा ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ४ : २१ बजे

विज्ञान प्रयोगशालाका लागि विश्वसनीय कानुन बनाउन खोजेका छौँ : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि

अमेरिका-इरान सम्झौताप्रति इजरायलमा असन्तुष्टि, विपक्षीले भने : नेतन्याहू प्रभावहीन र निरीह देखिए

तेल अभिभ- इजरायलको डेमोक्रेट्स पार्टीका प्रमुख याइर गोलानले अमेरिका र

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

काठमाडौं– रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल

अमेरिका–इरान शान्ति सहमतिले मध्यपूर्वमा स्थायित्वको आशा

एजेन्सी– अमेरिका र इरानबीच शान्ति सम्झौता तथा सबै मोर्चामा सैन्य