विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर बन्छ : नेता आचार्य « Khabarhub

विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर बन्छ : नेता आचार्य


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका पछि दगुर्ने क्रमले पार्टी संगठन कमजोर बन्ने गरेको बताएका छन् ।

बिपी कोइलालाको ४३औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा नेता आचार्यले पछिल्लो समयमा विचारका पछि नभई गुटका पछि दगुर्ने प्रवृत्ति बढिरहेको बताए। गुटप्रतिको दासत्वले कांग्रेस गाँजिएको बताउँदै उनले त्यसबाट माथि उठ्नु जरुरी रहेको धारणा राखे ।

बिपीका निष्ठा, समर्पणबाट वर्तमानमा धेरै सिक्न सकिने बताउँदै नेता आचार्यले सत्ताको मात्रै खेल हुँदा त्यसले देशमा दुर्गति निम्त्याउने जिकिर गरे । प्रजातन्त्र नभई राष्ट्रियता बलियो नहुने उल्लेख गर्दै उनले बिपीले देश र जनताका लागि ठूलो बलिदानी गरेको बताए। पछिल्लो समयमा आर्थिक क्षेत्रमा देखिएको गतिहीनताले निराशा छाएको र सुशासनसँगै देशभित्र रोजगारीको सिर्जनालगायतका कुरामा ध्यान दिनु जरुरी भएको बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपीकै योगदानका कारण वर्तमानमा आफूहरूले अभिव्यक्ति दिनसक्ने स्वतन्त्रता प्राप्त गरेको बताए। बिपीका आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न सकेमा त्यसबाट राष्ट्रका लागि उचित मार्गनिर्देश हुने बताए।

नेपाली कांग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले बीपी विचार आफैँमा आदर्श भएको बताउँदै त्यो कहिल्यै नमर्ने बताए।

 ‘नागरिक ब्रेडले हैन ब्रेनले सञ्चालन हुन्छ’ भन्ने बिपीको महान् वाणीभित्र ठूलो कुरा लुकेको उनले बताए।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीमा अनुशासन जरुरी रहेको धारणा राखे । नेपाली कांग्रेस गण्डकी प्रदेशका कार्यवाहक सभापति कल्पना तिवारीले बीपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनका विचार सबैका लागि अनुकरणीय भएको बताए।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), सहमहामन्त्री कोपिला रानाभाट, प्रशिक्षण विभाग उपप्रमुख प्रा.डा कुशुमाकर न्यौपाने, नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसी, पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छे, क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, नेपाल दलित सङ्घ गण्डकीका अध्यक्ष परशुराम वि पोखरेललगायतले बिपी विचारलाई आत्मसात् नगर्दा कांग्रेस दिनानुदिन कमजोर बन्दै गएको धारणा राखे ।
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ४ : ५७ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय