अधिकार सम्पन्न बागमती आयोजना बजेट खर्चमा असक्षम, गत वर्षमा जम्मा २४ प्रतिशत खर्च « Khabarhub

अधिकार सम्पन्न बागमती आयोजना बजेट खर्चमा असक्षम, गत वर्षमा जम्मा २४ प्रतिशत खर्च


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बजेट खर्च गर्ने विषयमा असक्षम देखिएको छ । गत आर्थिक वर्ष ०८१-८२ मा सो समितिले विनियोजित बजेटको जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको हो ।

गत आर्थिक वर्षमा बागमती सुधार आयोजनाको नाममा समितिले विभिन्न पाँचवटा शीर्षकमा दुई अर्ब ७२ करोड ९७ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको थियो । तर, वर्षभरिमा जम्मा ६८ करोड आठ लाख १४ हजार रुपैयाँ मात्रै खर्च गरेको समितिका सूचना अधिकारी उद्धव नेपालले बताएका छन्, जुन कुल खर्च लक्ष्यको २४.९४ प्रतिशत मात्रै हो ।

समितिले बागमती सुधार आयोजना, सिँचाइ युनिट, जल तथा उर्जा आयोगको सचिवालय, बागमती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना र जल तथा मौसम विज्ञान विभाग शीर्षकमा एक-एक सय भार अंक रहने गरी बजेट विनियोजन गरेको थियो । 

जसमध्ये गतवर्ष बागमती सुधार आयोजनाको प्रगति १६.६४, सिँचाइ युनिटको प्रगति ३१.६१, जल तथा उर्जा आयोगको सचिवालयको प्रगति शून्य, बागमती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजनाको प्रगति ६१.८५ र जल तथा मौसम विज्ञान विभागको प्रगति २.४२ रहेको छ । अर्थात् समितिले गत वर्ष लक्षित भार पाँच सय अंकमा मात्रै ११३ अंक बराबरको काम गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : १८ बजे

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी