जीसीसेभेन कार्यक्रम सञ्चालनका लागि मागिएका कर्मचारीको परीक्षा तालिका सार्वजनिक « Khabarhub

जीसीसेभेन कार्यक्रम सञ्चालनका लागि मागिएका कर्मचारीको परीक्षा तालिका सार्वजनिक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गतका निकायहरूमा ग्लोबल फन्ड ग्रान्ट साइकल (जीसीसेभेन) अन्तर्गत कार्यक्रम सञ्चालनका लागि मागिएका कर्मचारीको परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

संक्षिप्त सूचीमा पर्न सफल ८९ जनाको परीक्षा कार्यक्रम साउन ८ गते बिहान ९ बजे हुने मन्त्रालयले जनाएको छ । परीक्षा केन्द्रमा बिहान ८ बजे नै आइपुग्नुपर्ने सूचनामा उल्लेख छ । परियोजना निर्देशकका लागि १७ जना परीक्षामा सहभागी हुँदै छन् भने कार्यक्रम संयोजकका लागि ७२ जना सहभागी हुने जनाइएको छ । 

मन्त्रालयका अनुसार सूचीकृत उम्मेदवारहरूले दरखास्त फारम भर्दा पेस गरेका कागजातहरू सक्कल कागजात लिई सहभागी हुनुपर्ने छ ।

यद्यपि अनलाइन फारम भर्दाको बखत पेस गरेका कागजातहरू सक्कल कागजातसँग भिडान हुन नसके उम्मेदवारहरू परीक्षामा सहभागी हुन नपाउने पदपूर्ति समितिका सचिवालय सदस्य सचिव मित्र प्रसाद घिमिरेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ परीक्षा तालिका :

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ४३ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै