जीसीसेभेन कार्यक्रम सञ्चालनका लागि मागिएका कर्मचारीको परीक्षा तालिका सार्वजनिक « Khabarhub

जीसीसेभेन कार्यक्रम सञ्चालनका लागि मागिएका कर्मचारीको परीक्षा तालिका सार्वजनिक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गतका निकायहरूमा ग्लोबल फन्ड ग्रान्ट साइकल (जीसीसेभेन) अन्तर्गत कार्यक्रम सञ्चालनका लागि मागिएका कर्मचारीको परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

संक्षिप्त सूचीमा पर्न सफल ८९ जनाको परीक्षा कार्यक्रम साउन ८ गते बिहान ९ बजे हुने मन्त्रालयले जनाएको छ । परीक्षा केन्द्रमा बिहान ८ बजे नै आइपुग्नुपर्ने सूचनामा उल्लेख छ । परियोजना निर्देशकका लागि १७ जना परीक्षामा सहभागी हुँदै छन् भने कार्यक्रम संयोजकका लागि ७२ जना सहभागी हुने जनाइएको छ । 

मन्त्रालयका अनुसार सूचीकृत उम्मेदवारहरूले दरखास्त फारम भर्दा पेस गरेका कागजातहरू सक्कल कागजात लिई सहभागी हुनुपर्ने छ ।

यद्यपि अनलाइन फारम भर्दाको बखत पेस गरेका कागजातहरू सक्कल कागजातसँग भिडान हुन नसके उम्मेदवारहरू परीक्षामा सहभागी हुन नपाउने पदपूर्ति समितिका सचिवालय सदस्य सचिव मित्र प्रसाद घिमिरेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ परीक्षा तालिका :

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ४३ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर