गाजामा इजरायली आक्रमण, १५ जनाको मृत्यु | Khabarhub Khabarhub

गाजामा इजरायली आक्रमण, १५ जनाको मृत्यु


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेनसी – गाजाको नागरिक सुरक्षा एजेन्सीले मंगलबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा १५ जनाको मृत्यु भएको र सेनाले मध्य सहर देइर अल–बलाहमा स्थलगत कारबाही विस्तार गरेको बताएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको पश्चिममा रहेको अल-सती शिविरमा इजरायली आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको बताए।

गाजाको अधिकांश जनसङ्ख्या २१ महिनाको द्वन्द्वमा कम्तीमा एक पटक विस्थापित भएको छ र भूमध्यसागरीय तटमा रहेको अल–सती शिविरले उत्तरबाट विस्थापित हजारौँ मानिसलाई पाल र अस्थायी आश्रयमा राखेको छ ।

बासलले देइर अल–बलाहमा थप दुई जनाको मृत्यु भएको बताए। त्यहाँ इजरायली सेनाले आफ्नो स्थलगत कारबाही विस्तार गर्ने र धेरै क्षेत्र खाली गर्ने आदेश दिएको थियो ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले यस क्षेत्रमा ५० हजारदेखि ८० हजार मानिस बसोबास गर्ने अनुमान गरेको छ र यस क्षेत्रलाई अहिलेसम्म अपेक्षाकृत सुरक्षित मानिएको थियो ।

करिब ३० हजार विस्थापन स्थलहरूमा बसिरहेका थिए । ओसिएचएले सम्पूर्ण गाजा पट्टीको लगभग ८८ प्रतिशत अब या त निकासी आदेश अन्तर्गत वा इजरायली सैन्य क्षेत्र भित्र रहेको बताएको छ । य २४ लाख जनसङ्ख्यालाई सँधै सङ्कुचित स्थानमा बस्न बाध्य पारेको छ ।
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ४७ बजे

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा