मन्त्रीको दाबी- सुधार हुँदैछ वीरको स्थिति : सेवाग्राही भन्छन्- टिकट काट्ने लाइनमै बेथिति « Khabarhub

मन्त्रीको दाबी- सुधार हुँदैछ वीरको स्थिति : सेवाग्राही भन्छन्- टिकट काट्ने लाइनमै बेथिति

अस्पताल प्रशासन भन्छ - अहिलेसम्मको सिस्टम यही छ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाउको दुखाइको समस्या लिएर वीर अस्पताल पुगेकी एक सेवाग्राही युवतीले लामो लाइन बसेर न्युरो सम्बन्धी डाक्टरलाई भेट्न टिकट (पुर्जा) लिइन् ।

डाक्टरले न्युरोसम्बन्धी समस्या पत्ता लगाउन आवश्यक जाँच गर्नुपर्ने बताए । टाउको दुखाइको समस्या न्युरोका कारणले मात्रै नभई आँखा, कानलगायत अन्य अङ्गमा आउने समस्याले समेत हुन सक्ने डाक्टरले बताए । डाक्टरकै सुझावअनुसार ती सेवाग्राहीले आँखा र कानसम्बन्धी समस्या पत्ता लगाउन विज्ञलाई देखाउनुपर्ने भयो ।

डाक्टरको सल्लाहअनुसार त्यही टिकट लिएर सेवाग्राही आँखाको डाक्टरकहाँ पुगिन् । डाक्टरको कक्ष बाहिर बसेका सहयोगीले ‘यो टिकटले हुँदैन अर्को टिकट काटेर ल्याउनुपर्छ’ भन्दै हप्काएर पठाए । फेरि टोकन लिएर उनी अर्को टिकट काट्न पुगिन् ।

आँखा जाँचपछि उनी फेरि कानका डाक्टरकहाँ जँचाउन पुगिन् । लाइन बस्ने झन्झटिलो प्रक्रिया उनले दोहोर्‍याई– तेहेर्‍याई गर्नुपर्‍यो ।

सस्तो र सुलभ सेवाका लागि वीर अस्पताल गएकी ती युवतीले ७५ रुपैयाँका दरले ओपीडीको लागि मात्रै तीन पटक टिकट लिएर २ सय २५ रुपैयाँ तिर्नुपर्‍यो ।

अनलाइन टिकट काटेर चेकजाँचका लागि वीर अस्पताल पुगेकी अर्की सेवाग्राही महिलाले ग्याष्ट्रोलोजी डाक्टरलाई भेटिन् । पहिलेदेखि नै सर्जिकल समस्या रहेकी ती महिलालाई डाक्टरले जनरल सर्जनलाई भेट्न सल्लाह दिए र टिकटमा पनि लेखिदिए ।

त्यही टिकट लिएर सर्जनलाई भेट्न खोज्दा उनले डाक्टरलाई भेट्न पाइनन् । कर्मचारीले उनलाई फेरि अर्को टिकट काटेर ल्याउनुस् भने ।

‘एकपटक टिकट काटेर डाक्टरको सल्लाहमै अर्को डाक्टरलाई भेट्न खोज्दा किन टिकट चाहिन्छ ?’ उनले त्यहाँका कर्मचारीलाई प्रश्न गरिन् ।

‘जुन हाकिमले भने पनि केही हुँदैन यहाँको नियम यस्तै छ, जँचाउन मन छ भने टिकट काट्नुस् हैन भने जानुस् ।’ सेवाग्राहीले ठाडो जवाफ पाइन् । कर्मचारीको जवाफले उनी डाक्टरै नभेटी फर्किइन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेपछि स्वास्थ्य सुधारको लामै सूची सार्वजनिक गरे ।

एक वर्षको अवधिमा धेरै राम्रा काम गरेको उनको दाबी थियो । मन्त्री पौडेलको दाबीको सूचीमा वीर अस्पतालको सेवा सुधारको विषय पनि समावेश थियो ।

वीर अस्पतालको सेवा सुधारकै लागि डा. मदन उपाध्यायको संयोजकत्वमा गठित समतिले दिएको सुझावका आधारमा काम भइरहेको मन्त्री पौडेलले बताएका थिए ।

एकदमै अव्यवस्थित रहेको वीर अस्पतालको आपतकालीन कक्षमा ७२ बेड थपेर व्यवस्थित बनाउने कामदेखि पुराना उपकरण मर्मतलगायतका काम गरेर सेवा सुधारको प्रयास भइरहेको मन्त्री पौडेलको भनाइ छ ।

मन्त्रीकै निर्देशनमा बिरामीको लाइन घटाउन भन्दै दुई सिफ्टमा सेवा दिने र अनलाइन टिकटको व्यवस्था गर्ने घोषणा यसअघि नै अस्पतालले गरिसकेको छ ।

तर बिरामीको लाइन के कारणले बढिरहेको छ ? सेवाग्राहीले के कस्ता समस्या झेल्नुपरेको छ भन्ने विषयमा न स्वास्थ्य मन्त्रालयले चासो देखाएको छ न त अस्पताल प्रशाशनले नै ।

बिहान ७ बजेदेखि नै टोकन लिएर लाइनमा बसिरहेका बिरामीले घण्टौँपछि पालो पाउँछन् । लाइनमा कति समय बसेपछि पालो पाइन्छ भन्ने कुरा अनिश्चित हुन्छ । डाक्टरलाई भेटिसेकपछि उनले अर्का डाक्टरकहाँ रिफर गर्नुपर्ने अवस्था आए पुनः लाइन बस्नुपर्ने सुरुकै प्रक्रिया दोहोरिन्छ ।

अनलाइन टिकट लिएकाले पनि अस्पतालमै गएर लाइन बस्नुपर्छ । अनलाइन टिकट केका लागि त ? सेवाग्राहीको गुनासो र प्रश्नको उत्तर वीर अस्पतालसँग छैन । बरु सेवाग्राहीले कर्मचारीको हप्कीदप्की सहनुपर्छ ।

एउटै बिरामीले तीन पटकसम्म टिकट काट्नुपर्ने बाध्यता

सरकारी अस्पतालमा बिरामीको लाइन धेरै हुने, प्रभावकारी सेवा नपाउने, उपचारमा समय लाग्ने गुनासो आउनुलाई अस्पताल प्रशासनले सामान्य र स्वभाविक रूपमा लिन्छ ।

मुलुककै जेठो वीर अस्पतालमा ओपीडीकै लागि एकजना बिरामीले तीन पटक टिकट लिनुपरेको सेवाग्राहीको गुनासो छ ।

साउनभित्रै समस्या समाधान हुन्छ :अस्पताल प्रशाशन

वीर अस्पतालमा लाइन लाग्ने सिस्टम पुरानै भएकोसूचना अधिकारी सीताराम खड्का बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म हाम्रो सिस्टम त्यही नै छ । अब हामी नयाँ सर्वर बनाउँदैछौँ । एउटै टिकटले सबैलाई हुने गरी रिफर गर्ने नियम बनाउँछौँ । त्यसको तयारी हुँदैछ ।’

खबरहबसँग कुरा गर्दै सूचना अधिकारी खड्काले बारम्बार लाइन बस्ने समस्या समाधानका लागि कोटेशन माग्ने काम भइरहेको बताउँछन् ।

‘सम्भवतः साउनभित्रै यो समस्या समाधान हुन्छ, हामीलाई पनि एकदमै खड्किएको विषय हो ।’

यही सिस्टमका कारण बिरामीलाई असहज भएको र लाइन पनि घटाउन नसकिएको खड्का स्वीकार गर्छन् । ‘एउटै बिरामीले ५–७ वटासम्म टिकट काट्नुपरेको छ ।’ उनी भन्छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : ४३ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ