नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्ट नै मुख्य दोषी : विप्लव | Khabarhub Khabarhub

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्ट नै मुख्य दोषी : विप्लव


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरुको मुख्य दोष रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन विषयक कार्यक्रममा बोल्दै विप्लवले कम्युनिस्ट र त्यसमा पनि माओवादीका कारण नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण भएको बताएका हुन् ।

उनले कम्युनिष्टहरुले आफ्नो विचार, वर्ग, आदर्शलाई छोडेका कारण मुलुक लथालिङ्ग भएकाले अरूलाई दोष दिएर उम्किने ठाउँ नरहेको धारणा राखे । 

उनले तत्कालीन अवस्थामा केपी ओली प्रधानमन्त्री हुँदा नेकपासँग गरेको तीन बुँदे सहमति अझै लागू नभएको भन्दै उक्त सहमति लागू गर्न माग गरे । 

उनले आफूहरू कम्युनिस्ट सिद्धान्तमा अघि बढेको भन्दै कुर्सीका लागि मरिहत्ते गर्ने पार्टी आफ्नो नभएको जिकिर गरे । विप्लवले अव आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने र आफूलाई जिताउन जनतालाई आह्वान गरिने स्पष्ट पारे । 

त्यस्तै नेकपा माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अहिले राजनीतिक दलहरूको ध्यान देश र जनतामा भन्दा पनि गठबन्धन बनाउने र सरकार जोगाउनेमा केन्द्रित रहेको जिकिर गरे । दल नेताहरूकै कारण जनतामा निराशा बढ्दै गएको उनले बताए । शर्माले खुलेआम भ्रष्टाचार बढ्दै गएकाले आफूले नेताहरूको सम्पत्ति छानबिनका लागि पार्टीमा आवाज उठाएको बताए । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले कम्युनिस्ट आन्दोलनमा विरोधाभास देखिएको बताए  । मुलुकमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सकिने भए पनि घुस नखाने राज्य व्यवस्था बनाउन नसक्नु दुर्भाग्य भएको उनले बताए  । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ०१ बजे

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क