सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण  | Khabarhub Khabarhub

सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण 


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीमा  खानेपानीको अभाव भएपछि प्रदेश सरकारले दमकल-ट्यांकरमार्फत खानेपानी वितरण सुरु गरेको छ ।
     
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि हाल रुपनी गाउँपालिका वडा नं १ र २ मा खानेपानी वितरण सुरु भइसकेको छ । यसका अतिरिक्त राजगढ गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, विष्णुपुर गाउँपालिका तथा सुरुङ्गा नगरपालिकामा खानेपानी अभाव देखिएका बस्तीमा पनि पानी आपूर्ति विस्तार गर्दै लगिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए ।
     
स्थानीय तहहरूको मागका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको समन्वय र नेपाली सेनाको सहयोगमा ट्याङ्करबाट पानी वितरण अभियान सञ्चालन गरिएको हो । यस क्रममा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था गरिएको छ । 
     
खानेपानी आपूर्तिलाई थप प्रभावकारी बनाउन प्रत्येक पालिकामा सम्पर्क व्यक्ति तोकिएको जनाइएको छ ।  

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ५३ बजे

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क