ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन « Khabarhub

ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिलेकै अवस्थामा पार्टीअध्यक्षको भूमिका दिन नसकिने बताएका छन् ।

तीन दिनदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी नवौँ केन्द्रीय कमिटी बैठकमा मंगलबार राति समापन भाषण दिने क्रममा उनले अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीको नेतृत्व दिन नसकिने बताएका हुन् ।

‘अहिलेकै अवस्थामा उहाँलाई पार्टीको अध्यक्ष बनाउन सकिँदैन’, ओलीको भनाइ उद्धृत गर्दै एकजना केन्द्रीय सदस्यले भने, ‘उहाँलाई पार्टीमा फर्काउने नफर्काउने विषयमा छलफल आवश्यक छ। तर पार्टीको नेतृत्व उहाँलाई अहिले नै हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।’

केन्द्रीय सदस्यहरूले बोलिसकेर अन्य नेताले जवाफ दिइसकेपछि अध्यक्ष ओलीले लामो सम्बोधन गरिरहेका छन् । उनको सम्बोधन लम्बिँदा बैठक पनि मध्यराति मात्रै समापन हुने सम्भावना छ ।

एकजना केन्द्रीय सदस्यका अनुसार बैठकमा १३१ जनाले पार्टी विधान र समसामयिक बिषयमा आफ्ना धारणा राखेका थिए ।

बैठकमा त्यसपछि केन्द्रीय निकायका प्रमुखहरूले बोले । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठकका निर्णय सुनाउने क्रममा लामो सम्बोधन गरेका हुन् । उनले यो तीन दिने बैठकको घोषणा पनि सार्वजनिक गर्नेछन् ।

यो पटक एमालेमा सचिवालय र पोलिटब्युरो सदस्यले बोलिसकेको कमिटीमा बोलिसकेकाहरूलाई केन्द्रीय सदस्यसमक्ष आफ्ना धारणा राख्न रोक लगाइएको छ। त्यहीकारण बोल्न समय माग्दा पनि स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई ओलीले समय दिएनन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : १५ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ