‘कन्चना ४’ बाट तमिल सिनेमामा डेब्यु गर्दै नोरा फतेही « Khabarhub

‘कन्चना ४’ बाट तमिल सिनेमामा डेब्यु गर्दै नोरा फतेही


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल आफ्नो पेशागत यात्राको सफलता भोगिरहेकी क्यानेडियन डान्सर तथा बलिउड अभिनेत्री नोरा फतेही, ‘ओ मामा ! तेतेमा’ जस्ता गीतबाट चर्चित छन्। तर अब उनी अभिनयको दुनियाँमा नयाँ चुनौती लिन लागेकी छिन्। डर–कमेडी फ्रेन्चाइजको चौथो भाग ‘कन्चना ४’ बाट उनी तमिल सिनेमा क्षेत्रमा डेब्यु गर्न तयार छिन्।

भारतीय मिडिया हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा अभिनेत्री नोराले फिल्मको बारे बताउँदै भनिन्, ‘जब मलाई कञ्चना ४ को अफर आयो, मलाई तुरुन्तै लाग्यो कि यो तमिल सिनेमामा पाइला राख्नको लागि सही परियोजना हो। फ्रेन्चाइजले पहिले नै दर्शक माझ अपार लोकप्रियता बनाइसकेको थियो । स्क्रिप्ट यति रोचक र अनौठो थियो कि मैले तुरुन्तै यसको हिस्सा बन्न सहमति दिए ।’

‘फिल्म ‘मडगाउँ एक्सप्रेस’ को सफलता पछि फेरि एउटा कमेडीमा काम गर्ने उत्साह थियो । ‘कन्चना ४’ त्यस अवसरका लागि उपयुक्त परियोजना जस्तो लाग्यो’, उनले थप भनिन् ।

अहिलेसम्म हिन्दी फिल्म ‘बि ह्यापी’ र ‘स्ट्रीट डान्सर थ्रीडि’ मा अभिनय गरिसकेकी नोरा फतेहीले मल्यालम र तेलुगु फिल्म उद्योगमा पनि काम गरेकी छिन्।

उनी भन्छिन्, ‘प्रत्येक फिल्म उद्योगको आफ्नै विशेषता छ। तमिल सिनेमा कथामा आधारित हुन्छ र प्रदर्शनमा जोड दिन्छ, बलिउड भने आफ्नो ठुलो ऊर्जा लिएर काम गर्छ। दुवै उद्योग चलचित्रप्रति उत्साही छन्, तर काम गर्ने शैली, दर्शकको अपेक्षा र निर्माण प्रक्रिया फरक छ। मेरो लागि दुवै दुनियाँबाट अनुभव लिनु रोमाञ्चक छ।’

यसरी नोरा फतेहीले विभिन्न भाषाका फिल्म उद्योगमा काम गर्ने अनुभवसँगै तमिल सिनेमा प्रवेश गरेर आफ्नो पेशागत यात्रा अझै व्यापक बनाउन लागेकी छन्।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ५८ बजे

खेलकुद क्षेत्रमा राजनीति हावी भयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य

सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

एजेन्सी– रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२

थाइल्यान्ड-कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

एजेन्सी– चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने