ट्रम्पविरुद्ध ४६ करोड डलर जरिवानाको सजाय उल्टियो: पूर्ण जित भएको प्रतिक्रिया « Khabarhub

ट्रम्पविरुद्ध ४६ करोड डलर जरिवानाको सजाय उल्टियो: पूर्ण जित भएको प्रतिक्रिया


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले बढी जरिवाना लगाएको भनी गरेको अपिलमाथि सुनुवाइ गर्दै यसअघि उनीमाथि लगाएको ४६ करोड ४० लाख अमेरिकी डलरको नागरिक दण्ड सजाय उल्टाइदिएको छ।

न्यायाधीश आर्थर एन्गोरोनले सन् २०२४ फेब्रुअरीमा ट्रम्पविरुद्ध फैसला सुनाउँदै ट्रम्पलाई ब्याजसहित ४६ करोड ४० लाख अमेरिकी डलर तिर्न आदेश दिएका थिए । ट्रम्पसँगै छोराहरु एरिक र डन जुनियर प्रत्येकलाई ४० लाख डलर भन्दा बढी रकम बुझाउन भनिएको थियो ।

न्यायाधीश एन्गोरोनले ट्रम्प र उनको कम्पनीले गैरकानुनी रूपमा आफ्नो सम्पत्ति वृद्धि गरेको र अनुकूल बैङ्क ऋण वा बीमा सर्त प्राप्त गर्न सम्पत्तिको मूल्यमा हेरफेर गरेको ठहर गरेका थिए।

बिहीबार न्युयोर्कको सर्वोच्च अदालतको अपिल महाशाखाले उक्त फैसलालाई सदर गरेको थियो, तर जरिवानाको आकार ‘अत्यधिक’ भएको र यसले ‘संयुक्त राज्य अमेरिकाको संविधानको आठौं संशोधनको उल्लङ्घन’ गरेको फैसला सुनाएको थियो।

ट्रम्पविरूद्धको मुद्दा दर्ता गराएका राज्यका महान्यायाधिवक्ता लेटिटिया जेम्सले अब राज्यको सर्वोच्च अदालत ‘न्युयोर्क कोर्ट अफ अपिल्स’मा अपिल गर्न सक्नेछन्।

प्रारम्भिक फैसलापछि ट्रम्पले नागरिक निर्णयको साथसाथै दण्डको आकार र सर्तलाई चुनौती दिने प्रयास गर्दै गरेको अपिलमा ब्याज पाउनु पर्ने दाबी गरेका छन्।

उनले पटक–पटक मुद्दा र सजायलाई राजनीतिबाट प्रेरित भएको भन्दै निन्दा गर्दै आएका छन्।

पूर्ण जित भएको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले वृद्धि गरेको ठहर गर्दै एक न्यायाधीशले लगाएको ४६ करोड ४० लाख अमेरिकी डलरको नागरिक जरिवानालाई बिहीबार खारेज दिएका छन्। उनले यसलाई ‘पूर्ण विजय’ को संज्ञा दिएका छन्।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भनेका छन्, “यो व्यवसायिक अर्थमा एक राजनीतिक प्रतिशोध थियो जुन पहिले कसैले देखेको थिएन।’ रासस/एएफपी

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : २३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन