स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा  | Khabarhub Khabarhub

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । एकीकृत घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र नवीकरण र स्वास्थ्य जाँच सेवा पनि सञ्चालन भइरहेको अध्यक्ष राईले बताए।

“हामीले नागरिकको सहजताका लागि शिविरमार्फत सेवा प्रदान गर्दै आएका छौँ, भौगोलिक विकटताका कारण नागरिकलाई सेवा लिन गाउँपालिकासम्म आउन समस्या छ । स्थानीय सरकारको सेवा जनताको घरदैलोसम्म पुर्याउने लक्ष्यले घुम्ती शिविरबाट सेवा दिइएका हौँ”, अध्यक्ष राईले भने ।

साउनमै भत्ता वितरण हुनुपर्ने भए पनि गाउँपालिकामा रहेको बैंकको शाखाले जनशक्ति व्यवस्थापन गर्न ढिलाइ गर्दा वितरणमा केही ढिला भएको उहाँको भनाइ छ । सहज रूपमा वडामा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् । 

आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा हर्षित भएको वडा नं ३ भुल्केका होमबहादुर विश्वकर्माले बताए। भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उनको भनाइ छ । ‘वडाबाटै भत्ता पाउँदा सहजता भएको छ, बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो’, उनले भने।

स्वास्थ्य शिविरसहित जनप्रतिनिधि आफैँ आएर वडामै भत्ता दिएकोप्रति डम्बरकुमारी खत्रीले खुसी प्रकट गरे। गाउँपालिकाले वृद्धवृद्धा तथा अशक्तलाई सहज हुनेगरी काम गरेको उनको भनाइ छ । घर पायकमै भत्ता पाउँदा आफूलाई स्थानीय सरकार भएको अनुभूति भएको उनी बताउँछन्।

आठ वडामध्ये हालसम्म वडा नं १ ओख्रेमा एक सय ४१ जनालाई सामाजिक सुरक्षा भत्ता, १४ जनालाई राष्ट्रिय परिचयपत्र, वडा नं २ धोद्लेखानीमा ७२ जनालाई सामाजिक सुरक्षा भत्ता, चार जनालाई राष्ट्रिय परिचयपत्र र वडा नं ३ भुल्केमा एक सय ३१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण र ३५ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको छ । गाउँपालिकाका अनुसार अन्य वडामा पनि क्रमशः वितरण गरेर भदौ ११ गते वडा नं ८ खोक्सिकमा शिविर सम्पन्न हुनेछ ।
 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : ४० बजे

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार नियमन ऐन ल्याउने : गृहमन्त्री लेखी

जनकपुरधाम– मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रलाई व्यवस्थित

कोशी प्रदेश आमसञ्चार विधेयकसम्बन्धी प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था

प्रभु साहले भने- लिपुलेकमा भारत-चीनले सहमति गर्दा हाम्रा राजदूत के हेरेर बसेका छन् ?

काठमाडौं– आम जनता पार्टीका सांसद प्रभु साहले भारत र चीनले

निजामती विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने प्रतिपक्षको अडान 

काठमाडौं– सङ्घीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाको प्रावधान

सङ्घीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छ : सभामुख घिमिरे

पाटन– सभामुख देवराज घिमिरेले सङ्घीयताको पक्षमा भएका  सकारात्मक अध्ययनका निष्कर्षलाई